गृहको अनुरोध : चाडपर्वमा भोजभतेर नगर्नू, जो जहाँ छ त्यहिँ बसेर दशैँ मनाउनू

काठमाडौं : नजिकिँदै गरेको बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै गृह मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ। गृहले सोमवार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य

सम्बन्धित सामग्री

मोबाइलको रिङब्याक टोनमा मापदण्ड तोक्दै सरकार

पुराना लत्ताकपडा पुनः प्रयोगदेखि हरियो सागपात खान अनुरोध गर्नेसँगै विभिन्न जातजातिका चाडपर्वमा मातृभाषाका गीत–संगीत एवं सन्देशहरूसमेत मोबाइल रिङब्याक टोनका रूपमा बजाइदिन सिफारिस माग्ने क्रम बढेपछि सरकारले यसमा मापदण्ड तोक्ने पहल थालेको छ ।

सांसदको प्रश्न– गरिबको दशैं कसरी टर्छ ?

काठमाडौं । सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।     सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे । ‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’ उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।’  सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकन तदारुकता गर्न ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।   सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरे ।   सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे ।   सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताए । सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे । रासस

काठमाडौँ छाड्नेलाई बसपार्कमै खोप (तस्बिरहरू)

चाडपर्वमा कोरोनाभाइरसको सङ्क्रमण नफैलियोस् भनेर सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था गरेको छ ।उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको छ ।खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्

चाडपर्व सांकेतिक रुपमा मात्रै मनाउनु : काठमाडौं जिल्ला प्रशासन

कोरोना संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वहरुमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । बिहीबार प्रशासनले एक सूचना जारी गर्दै चाडपर्वमा धेरै जना जम्मा नभई सांकेतिक रुपमा मात्रै मनाउन अनुरोध गरेको हो ।