कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा नगरपालिकाले नै व्यवस्थापन गर्न नसकेको छाडा पशु चौपाया व्यवस्थापनको काममा एउटा टोलका नागरिकको सक्रियतामा सुरु भएको छ । बाणगङ्गा नगरपालिकाले अघिल्ला आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि भन्दै वडा नम्बर ८ को मधुवन धाममा गौशाला निर्माणको काम सुरु गरेको भए पनि सडकमा छाडा चौपाया व्यवस्थापन हुन भने सकेको छैन । अहिले पनि नगरपालिकाले ५५ लाख बजेट छुट्टाएको छ ।अहिले कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ स्थित चप्पर गाउँका क्रियाशिल नागरिकहरुले छाडा पशु चौपाया नि