दुर्घटनाको जोखिम बढेको भन्दै मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड बन्द

रुकुम पूर्व  - मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको छ । हिमपातको कारण दुर्घटनाको जोखिम बढेको भन्दै लोकमार्ग सञ्चालनमा रोक लगाइएको हो । रुकुम पूर्व र बाग्लुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातको कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा गाडी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । राजमार्गको अवरोध हटाउने सञ्चालन समितिको बैठक बसेर यस्ताे निर्णय गरिएको समितिका संयोजक समेत रहनुभएका प्रजिअ बास्कोटाले बताउनुभय...

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग  ‘एक महीनामै बग्न थाल्यो अलकत्रा’

मध्यपहाडी लोकमार्गमा अन्तर्गत रुकुम पश्चिमको मुसीकोट खण्डमा कालोपत्र गरेको सडकमा अलकत्रा बग्न थालेको छ । गर्मी बढेसँगै मुसीकोट नगरपालिका–३ खरखरे आसपास क्षेत्रको सडकबाट अलकत्रा बग्न थालेको हो । एक महीना अगाडि कालोपत्र गरेको सडकमा अलकत्रा बग्न थालेको हो ।  मुसीकोट नगरपालिका–३ का वडाध्यक्ष दशरथ केसीले एक महीनाअघि कालोपत्र गरेको सडकबाट अलकत्रा निस्कन थालेको र कालोपत्र समेत उप्किन थालेको बताए । उनले भने, ‘अलकत्रा बगेर कालोपत्र समेत उप्किन थालेको छ, यसले कालोपत्रको गुणस्तरमा समेत शंका उब्जाएको छ ।’ अलकत्रा बग्न थालेपछि सवारीसाधन आवतजावतमा समस्या हुने गरेको वडाध्यक्ष केसीले बताए । यसबाट सवारीसाधन दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । वडाध्यक्ष केसीले भने, ‘अलकत्राका कारण सवारीसाधनका टायर सडकमै जाम हुने भएकाले दुर्घटनाको जोखिम बढेको हो ।’  रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अलकत्रा बगेको र कालोपत्र समेत उप्केको भन्ने जनगुनासोको आधारमा सडकको अनुगमन गरिएको बताए । उनले भने, ‘सडकबाट अलकत्रा बगेको र कालोपत्र उप्केको विषयमा जाँचबुझ गर्न सम्बन्धित कार्यालयमा लेखी पठाएका छौं ।’  मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका प्रमुख सिनियर डिभिजन इञ्जिनीयर युवराज पोखरेलले चिसो समयमा कालोपत्र गरेकाले अलकत्रा बगेको बताए । उनले भने, ‘अलकत्रा वढी भएको ठाउँमा गर्मीका कारण सडक तातिएर अलकत्रा निस्किएको हो ।’ उनले अलकत्रा बढी परेको ठाउँमा गर्मी मौसममा यस्तो खालको समस्या आउने बताए । निर्माण कम्पनीले अहिलेलाई अलकत्रा निस्किएको तथा बगेको ठाउँमा बालुवा वा मसिनो गिट्टी हालेर समस्या समाधान गरिएको बताएको छ । उक्त निर्माण योजना आयोजना कार्यालयलाई हस्तान्तरण नभएकाले निर्माण कम्पनीले नै मर्मतको काम गर्ने प्रमुख सिनियर डिभिजन इञ्जिनीयर पोखरेलको भनाइ छ । यस क्षेत्रमा सडक निर्माणको जिम्मा पाएको यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जाडो समयमा कालोपत्र गर्ने क्रममा केही ठाउँमा अलकत्रा बढी परेकाले यस्तो समस्या आएको बताए । उनले भने, ‘चिसोमा अलकत्रा नजम्ने डरले अलि बढी प्रयोग गरिएको ठाउँबाट सडक तातिएर बग्न थालेको हो ।’ उक्त क्षेत्रको करीब पाँच किलोमिटर सडक गत मङ्सिरमा कालोपत्र गरिएको थियो । केही स्थानमा त्यस्तो समस्या आएको र अहिले बालुवा राखेर समस्या समाधान गरिरहेको केसीले जानकारी दिए । मध्यपहाडी लोकमार्ग निर्माणकै क्रममा रहेकाले पूर्ण रूपमा सडक निर्माण नभएसम्म हस्तान्तरण नहुने उनको  भनाइ छ ।

मध्यपहाडी लोकमार्गमा प्रहरीको अनुमतिमा मात्रै गाडी चलाउन पाइने

रुकुम - रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ । रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । राजमार्गको अवरोध हटाउन सञ्चालन …