जाडोको समयमा दुर्घटनाको जोखिम धेरै, सावधानी अपनाऔँ

काठमाण्डाै - जाडोयाममा सडक दुर्घटना धेरै हुने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ । जाडो मौसममा लाग्ने बाक्लो हुस्सु, कुहिरो सँगै शीतलहरले सडक दुर्घटनाको जोखिम बढाउने गरेको छ । शीत, तुसारो, हिमपातले सडक चिप्लो र हिलो बनाइदिन्छन्। हुस्सु, तुवाँलोको कारण भिजिबिलिटी कम हुन जान्छ । यसले गर्दा दुर्घटनाको जोखिम धेरै हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले  जनाएको छ ।  महाशाखाकाअनुसार मौसमी अवस्थामा हुस्सु र तुवाँलो नै सडक दुर्घटनाका प्रमुख कारण हुन् । सामान्य सावध...

सम्बन्धित सामग्री

यसो गरे सवारीचालक र पैदलयात्रु राति दुर्घटनाबाट जोगिन सकिन्छ

काठमाडौं : दिउँसोभन्दा बेलुकी र राति बत्ति नभएर अन्धकार हुँदा सवारी दुर्घटनाको जोखिम बढी रहन्छ। तीव्र गतिमा सवारीसाधन हुइँकिँदा पैदलयात्रु समेत जोखिममा पर्ने गरेका छन्।शहरी क्षेत्रमा यो समस्या धेरै छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साँझ र राति पैदलयात्रुले यस्ता सावधानी अपनाए दुर्घटनाबाट जोगिन सकिन्छ। जस्तै:- राति हिँड्दा चम्कने वा टल्किने लुगाको प्रयोग गर्ने- पैदल यात्रा गर्दा सवारीको गति र अवस्थाबारे ख्याल गर्ने- बालबालिकाहरूलाई राति ए

देशका धेरैजसो ठाउँमा हुस्सु : उडान अवतरण प्रभावित, यात्रा गर्दा सचेत रहन सुझाव

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्दै आएको छ  । यसले सडकसँगै हवाई क्षेत्रको यात्रा प्रभावित हुन थालेको छ । हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्र...