मध्यपहाडी सडक ‘पार्किङ स्थल’ बन्दा बढ्यो दुर्घटनाको जोखिम

पर्वत : सडकमा सहज यातायात र दुर्घटनाको जोखिम न्यून बनाउन मध्यपहाडी लोकमार्गमा दोहोरो लेन छुट्ट्याइएको छ। त्यसमा पनि सवारीहरू सहजै आवतजावतका लागि बजार क्षेत्रमा ४ देखि ६ लेनसम्म पनि बनाइएको छ।तर मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा बजारमा भने लेनसहित लोकमार्ग बन्दा झनै सास्ती र दुर्घटनाको जोखिम बढेको छ। लोकमार्गको कुश्मा नगरपालिका–४ जिरो किलोमिटरदेखि कुश्मा नगरपालिका–६ खरेहासम्म कुश्माको बजार क्षेत्र हो। झन्डै डेढ किलोमिटरको उक्त खण्डमा दुर्घटना र जाम घटाउन

सम्बन्धित सामग्री

घोराही–लमही सडक: खाल्टाखुल्टी र धुलोले सास्ती

दाङको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्डमा पछिल्लो समय खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको छ । क्षमताभन्दा बढी भारवहन गर्ने सवारीसाधनका कारण सडकको अवस्था जीर्ण बन्दा दुर्घटनाको जोखिम बढाएको हो । घोराही–लमही सडकखण्डको बबई नदीदेखि बेल्दमारसम्म सडकका विभिन्न खण्डमा भएका खाल्टाखुल्टीका कारण सडक अस्तव्यस्तसँगै धुलोले गर्दा दुर्घटनाको जोखिम बढाएको हो । पछिल्लो समय सडकका घुम्तीहरूमा भएका खाल्टाखुल्टीसँगै धुलोका कारण सडकको अवस्था अस्तव्यस्त बन्न पुगेको छ । गाडी चालक नवीन शर्मा सडकमा भएका खाडल र धुलोका कारण साना सवारीसाधनलाई हैरानीसँगै दुर्घटनाको जोखिम बढाएको बताउनुहुन्छ ।

सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढ्यो

उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । तर, सुनसरी खण्डका नदि किनारमा बनेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार व्यवसायका कारण सडक साँघुरो बन्दा दुर्घटनाको जोखिम बढेको हो । सडकको छेउमा […]

६ वर्षमा पनि स्तरोन्नति भएन लामोसाँघु–जिरी सडक

दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर मात्र छाडिएको छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । २०७२ मा देवी खड्का राज्यमन्त्री भएको बेला भएको ठेक्का सम्झौताअनुसार लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि चरीकोटसम्मको सडक खण्ड चौडा गरी कालोपत्र गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार हालसम्म पनि काम पूरा हुन सकेको छैन । सडकको अवस्थामा कुनै परिवर्तन नभएपछि स्थानीयवासीले बाध्य भएर पटक–पटक आन्दोलन समेत गर्दै आएको छ । खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि मुडेबाट चरीकोटसम्म २७ किलोमिटर सडक भने हालसम्म कालोपत्र हुन सकेको छैन । मेडबाट चरीकोटसम्म आवतजावत गर्न दुई घण्टा लाग्ने र बीचबीचमा खाल्टो भएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै गाडीसमेत बिग्रने गरेको व्यवसायी बताउँछन् । जीर्ण सडकका कारण स्थानीयवासीले वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । काम शुरू हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन भने सडक वरिपरिका घरटहरा धुलाम्मे हुने गरेको स्थानीयवासी बताउँछन् । दोलखा नागरिक समाजका अध्यक्ष चिरञ्जीवी मास्कले भने, ‘यस्तै हुने हो भने आगामी दिनमा जिल्लाका जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लगाउन बाध्य हुनेछाैं ।’ सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । संघीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दाको गुनासो छ । लामो समयदेखि ठेक्का लागेर पनि सडक मर्मत सुधार सम्पन्न नगर्नेलाई कारबाही गरियोस् भन्दै स्थानीयवासीले सदरमुकाम चरिकोटमा नारा जुलुस लगाउँदै बजार परिक्रमा गरेका थिए । आगमी एक हप्ताभित्र सडक मर्मत सुधारको काम अगाडि नबढाएमा थप विरोधका कार्यक्रम गर्नेसमेत चेतावनी समेत दिएका थिए । सडक मर्मत सुधारको काम सुचारु नभएसम्म मुडेमै बसी आन्दोलन गर्नेसमेत अध्यक्ष मास्केले बताए । यसअधिको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला डिभिजन सडक कार्यालय आयोेजनाको कार्यालयमा धर्ना दिने काम यसअघि नै भइसकेको अध्यक्ष मास्केले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उनले जानकारी दिए । कार्यक्रमलाई अझै सशक्त र धनीभूत बनाउन ५०१ सदस्यीय सडक संघर्षसमिति गठन गरेको र आगामी दिनमा प्रभावित क्षेत्रका नागरिकलाई यसमा समावेश गर्दै आन्दोलनका सशक्त कार्यक्रम बढाउने उनले जानकारी दिए । भीमेश्वर नगरपालिका–९, ८, ७, ६ र ३ वडामा वडास्तरीय संघर्ष समिति गठन गर्ने अध्यक्ष मास्केले बताए । पटक–पटक भएको सम्झौतालाई बेवास्ता गरेकाले सरकारी गाडीलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम तय भएको उनले जानकारी दिए । २०७२ को मङ्सिरमा दुई वर्षमा काम सक्नेगरी शंकर मालीजेभीले सम्झौता गरेको २७ किलोमिटर सडक मर्मत सुधारको काम हालसम्म पनि समपन्न हुन नसक्दा नागरिक समाजले आन्दोलन गर्न बाध्य भएको बताइएको छ । रासस

महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै

बैतडी– महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेको छ । राष्ट्रिय राजमार्गको विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गको कालोपत्रे […]