टालाटुली बाटुली गठबन्धन सरकार कठपुतली : ओली

कञ्चनपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन्। आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका लागि केही नगरी मिलिजुली बाँडेर खानलाई गठबन्धन बनाएको उल्लेख गरे।‘यस क्षेत्रमा मुक्त हलियाका समस्या छन्, कमैयाका समस्या छन्, ती समस्या समाधान गर्न यो सरकार बनेको हैन। यो मिलीजुली बाँडेर खानलाई बनाएको हो’, उनले भने, ‘टालाटुली बाटुली कठपुलती, यसले जनताका लागि केही पनि काम गर्दैन।’ एमाले अध्यक्ष

सम्बन्धित सामग्री

म मेची किनारको मान्छेले कालापानी देख्दा शेरबहादुरले देखेनन् : ओली (भिडिओ)

बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार कठपुतली मात्रै भएको टिप्पणी गरे । मंसिर ४ पछि एमालेले स्थिर सरकार बनाउने ओलीको जिकिर थियो ।