नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशको देखिएको गुटबन्दी मत्थर पार्न पहल थालेका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दुई हस्ती नेता गिरिराजमणि पोखरेल र मातृका यादव बीचको अन्तर द्वन्द्वका कारण समग्र मधेसमै पार्टीलाई धक्का लागेको निष्कर्षका साथ प्रचण्डले पहल थालेका हुन् । सोहीअनुसार प्रचण्डले दुई नेतालाई खुमलटारमा बोलाएर प्रदेश र संघीय चुनावमा पार्टीलाई एकढिक्का बनाउन निर्देशन दिएका छन् ।प्रचण्डले यो वा त्यो नाममा गुटबन्दी नचल्ने भन्दै पा