अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटबन्दी र भागबन्डाकाे अन्त्य गर्ने बताउनुभएको छ । आज साेमवार नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीकाे दुर्गाफाँटमा गरेकाे आमसभालाई सम्बाेधन गर्दै महामन्त्री थापाले गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधानसम्मत पार्टी चलाउने बताउनुभएकाे हाे ।
उहाँले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने तथा बेराेजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताउनुभयो । कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने...