वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ। निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ। वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ बमोजिम जारी भएको सो निर्देशिकामा इजाजतपत्रवालाबाट माग हुने…