ओमानमा रहेको नेपाली दूतावासको छाप दुरुपयोग गरेर नक्कली मागपत्र बनाउने गिरोह सक्रिय

काठमाण्डौ – ओमानको मस्कटमा रहेको नेपाली दूतावासको छाप र त्यहाँका पदाधिकारीको हस्ताक्षर दूरुपयोग गरेर नक्कली मागपत्र (डिमाण्ड लेटर) बनाएर ठगी गर्ने गिराेह सक्रिय भएकाे छ । दूतावासका अनुसार नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालमा रहेका म्यानपावरहरूलाई पठाएर त्यो गिरोहले झुक्क्याएर आर्थिक ठगी गर्ने पाइएको छ ।  त्यस्ता मागपत्र प्रमाणीकरण सम्बन्धी कागजातहरू विशेष गरी बिहीबार नेपालमा उपलब्ध गराउने र आइतबार मात्र दूतावासबाट वैदेशिक रोजगार विभागको सफ्टवेयर एफईआईएमएसमा अपलोड हुने भनी झुक्याउँछन् ।...

सम्बन्धित सामग्री

स्टार्टअप उद्यम कर्जामा नक्कली पत्र बनाएर ठग्ने गिरोह सक्रिय

काठमाडौं । २०७९ चैत १६ गतेदेखि स्र्टाटअप उद्यम कर्जा उपलब्ध गराउन उद्यम परियोजना माग गरेको उद्योग विभाग कर्जा उपलब्ध गराउने विषयमा अझै टुंगोमा पुगेको छैन । यो कर्जाका लागि विभागमा आवेदन परेका परियोजनामाथि अन्तिम मूल्यांकन नहुँदै यता सरकारी लेटरप्याडको दुरुपयोग गरेर नक्कली पत्र बनाएर बाँड्न शुरू भएको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लेटरप्याड दुरुपयोग गरेर स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा विभिन्न व्यक्तिलाई नक्कली पत्र बनाई वितरण गरिरहेको भेटिएको हो । विभागले सोमवार सूचना जारी गर्दै नक्कली पत्र वितरण गर्नेमाथि छानबिन भइरहेको जानकारी दिएको छ । ‘आवेदनउपर अन्तिम मूल्यांकन भइसकेको छैन,’ जारी सूचनामा भनिएको छ, ‘त्यस्ता व्यक्तिहरूबाट सावधान रही ठगीबाट सतर्क रहौं ।’ तीन महीनाभन्दा बढी भइसक्दा पनि कति परियोजनाले कर्जा पाउँछन् भन्ने यकिन विभागले गरेको छैन । पहिलो चरणमा सय जनालाई स्टार्टअप कर्जा दिने सरकारी योजना छ । आवेदन भने ३८२ जनाले दिएका थिए । त्यसमध्ये कतिले कर्जा पाउँछन्, टुंगो लागेको छैन । विभागका सूचना अधिकारी रमिला भण्डारीले नक्कली पत्र बनाइएको विषयमा छानबिन भइरहेको बताइन् । उनले अहिलेसम्म कर्जा कतिले पाउँछन् भन्ने विषय अझै टुंगोमा नपुगेको बताइन् । पहिला जारी भएको स्टार्टअप कर्जा कोष कार्यविधि २०७९ मा केही बुँदा संशोधन गरिएको छ । मन्त्रालयमा छलफलको क्रममा छ । यो कार्यविधि स्वीकृत भएपछि मात्रै आवेदन दिएका स्टार्टअपहरूले कर्जा पाउने उनले बताइन् ।  उक्त कार्यविधि मन्त्रालयले गत फागुनमा कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि चैतमा आवेदन माग गरेको थियो । यसैबीच मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा तयार गरेको छ । मस्यौदाकै चरणमा रहेको उक्त नीतिअनुसार कार्यविधिमा केही हेरफेर गरेपछि मात्रै आवेदन दिएकाले कर्जा पाउने भण्डारीले बताइन् । अहिले मन्त्रालयमा मस्यौदामाथि छलफल भइरहेको छ । उनका अनुसार कर्जा उपलब्ध गराउने विषय टुंगोमा नपुगे पनि कर्जा दिने बेला हाल आवेदन दिएकालाई नै पहिलो प्राथमिकतामा राखिनेछ ।  सरकारले कृषि, पर्यटन, पूर्वाधारदेखि खानी तथा खनिज, अटोमोबाइल र फोहोरमैला तथा फोहोर व्यवस्थापन र वातावरणसँग सम्बद्धलगायत विभिन्न १४ क्षेत्रलाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराउनेछ ।

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेकोसमेत पाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले बताउँछन् । उनका अनुसार यस्तो गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा बिलसमेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै बिक्रीवितरण गर्ने […]

नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय, सुनचाँदी व्यवसायी चिन्तित

काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले यस क्षेत्रमा ठगी बढेको गुनासो गर्नुभएको हो । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएकोे शाक्यले बताउनुभयो । यस्ता गिरोहले […]

पैसाका लागि नक्कली प्रेम र नक्कली विवाहको बिगबिगी

काठमाडौं, १५ साउन । के तपाईँ कसैको प्रेममा पर्दैहुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत हुनैपर्छ । प्रेम जस्तो पवित्र शब्दलाई बदनाम गर्ने गरी पैसाका लागि फसाउने धन्दा नै चलेको छ । फेसबुक तथा सामाजिक सञ्जालमार्फत् कसैबाट प्रेम प्रस्ताव आयो भने पनि सचेत रहनुहोस् । योजनावद्ध तरिकाले एउटा गिरोह नै सक्रिय छ जो प्रेमको नाटक गरेर […]

बैंकहरुको नक्कली फेसबुक पेजबाट ग्राहकसँग सम्पर्क गरि खाताको पैसा ‘झ्वाम’

काठमाडौँ – विभिन्न बैंकको नक्कली फेसबुक पेज बनाएर ग्राहकसँग सम्पर्क गर्ने र विवरण ‘फुत्काएर’ खाताको पैसा झ्वाम पार्ने गिरोह सक्रिय रहेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार पछिल्लोपटक सिदार्थ बैंकको नक्कली फेसबुक पेजसँग जोडिएका यस्ता ‘केस’हरु दैनिक जसो आइरहेका छन्। ‘कुनै पनि बैंकको फेसबुकको पेज बनाएर मानिसहरुसँग कुरा गर्ने र विवरण फुत्काएर खाताको […]

विराटनगरमा रेमडिसिभिर भनी अर्कै औषधि बिक्री

२४ वैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमितको उपचारका प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गर्ने गिरोह सक्रिय भएको पाइएको छ । शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीका अनुसार रेमडिसिभिरको नक्कली कारोबार गर्ने गिरोह नै सक्रिय छ । सो […]

करोडौं पर्ने जमिनमाथि गिरोह सक्रिय, नक्कली जग्गाधनी बनेर बेचेको खुलासा

झापा : जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेर करोडौँ मूल्य पर्ने जमिन अर्को व्यक्तिको नाममा नामसारी भएको एउटा घटना झापामा बाहिरिएको छ।घटना हो– साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको जमिनको। बिर्तामोडका समाजसेवी तथा चर्चित व्यक्तित्व टुंङगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ निवासी रञ्जु राईको नाममा नामसारी भए

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोह पक्राउ

काठमाडौं । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एक... The post कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोह पक्राउ appeared first on Purbeli News.

अफ्रिकी देशमा नेपाली नक्कली भिसा बनाउने गिरोह सक्रिय

काठमाडौं । अफ्रिकी देशहरूमा नक्कली नेपाली भिसा बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । नक्कली भिसाका आधारमा नेपाल आएका तीन नाइजेरियन नागरिक पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले तीन ...