सरकारले वैदेशिक रोजगार व्यवसायीले ल्याउने कामदारको मागपत्र सम्बन्धित देशका कुटनीतिक नियोगले प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको छ । नक्कली मागपत्र देखाएर रोजगारीमा जाने कामदारमाथि ठगी हुने गरेको भन्दै सरकारले मागपत्र प्रमाणीकरणको व्यवस्था गरेको हो ।
११ फागुन, काठमाडौं । वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै प्रमाणीकरण गर्ने प्रयास असफल भएको छ । परराष्ट्र मन्त्रालयले नमानेपछि श्रम मन्त्राय ‘वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५’ नै संशोधन गरेर अघि बढ्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तयार भएको छ । केही मिनेटको दूरीमा रहेका सिंहदरबारका श्रम मन्त्रालय र […]
११ जेठ, काठमाडौं । मेनपावर कम्पनीहरुले ल्याउने वैदेशिक रोजगारीका मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण अब नेपालमै पनि प्रमाणित गर्न सकिने व्यवस्था हुने भएको छ । अहिले सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने यस्तो प्रमाणीकरण अब देशभित्रै पनि गर्न सकिने व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजगार ऐनलाई संशोधन गर्न मन्त्रालयले तयार गरेको प्रारम्भिक […]
काठमाडौँ । दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न मलेसियाले रोकेको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो । मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन-१९५५ लाई […]
२० जेठ, काठमाडौं । मलेसियामा कामदार पठाउन म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणित भई पूर्वस्वीकृति लिइसकेका तर २१ जेठमा म्याद सकिने मागपत्रको म्याद तीन महिना थप गरेका हुन् । कोभिड-१९ महामारीका कारण मलेसिया […]
काठमाडौं, बैशाख १५। कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]
सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ ।
कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
विसं २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ ...
दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेको छ । योसँगै नेपालीहरुका लागि कतार प्रहरीको अवसर गुमेको छ । दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्द गरेको जनाएको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि […]