श्रीलङ्काका गभर्नरले अबको दुई दिनभित्र नयाँ सरकार गठन नभएमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा दिएको र राष्ट्रपति गोटाबाय राजपाक्षेको पनि राजीनामा माग गर्दै प्रदर्शन भइरहेको बेला गभर्नर नन्दलाल विरासिङ्गेले दुई दिनभित्र नयाँ सरकार गठन नभएमा श्रीलङ्काको अर्थतन्त्र उद्धार गर्नै नसक्ने गरी ध्वस्त हुने चेतावनी दिनुभएको एएफपीले जनाएको छ ।
यसैबीच श्रीलङ्कामा आज पनि कर्फ्यु आदेश जारी भएको छ । हिंसात्मक प्रदर्शन र आगजनी जारी रहेपछि कर्फ्यु थप गरिएको बीबीसीले जनाएको छ ...