निर्दोषीलाई नफसाऊ, दोषीलाई नबचाऊ

मुलुकको स्थिति एकदमै गम्भीर छ । अर्थतन्त्र ध्वस्त छ । उत्पादन छैन । कृषिप्रधान देशमा अन्न बेसाएर खानुपरेको छ । उद्योग व्यापार धराशायी छ । मुलुकमा दुइटा सरकार छन् । एउटा नेपालको संविधान २०७२ को लोकतान्त्रिक नेपाल सरकार छ, एउटा विचौलियाको सरकार छ ।