पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान-तेहरिक-ए-इन्साफ (पिटिआई) प्रमुख इमरान खानले सोमबार पिएमएल-एन नेतृत्वको गठबन्धन सरकारलाई निशाना बनाएका छन्। उनले देशको सरकारले विधिको शासन र अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाए। इमरान खानले ट्वीटरमा लेखेका छन्, ‘कानूनलाई पूर्ण रूपमा त्यागेको यो सरकार पाकिस्तान-तेहरिक-ए-इन्साफलाई कुचल्ने एउटै एजेण्डामा काम गरिरहेको छ। यो सरकार जनरल मुसर्रफको मार्शल ल युगभन्दा बाहिर गएको छ।’ […]