यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र डिमित्री आन्द्रेभिच मुरातोभलाई संयुक्त रुपमा दिने घोषणा नोबेल कमिटीले शुक्रबार गरेको छ। प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उनीहरुले गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ। ५८ वर्षीय रेसा फिलिपिनो अमेरिकी पत्रकार हुन् भने […]