काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारी घरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ । कार्तिक कृष्ण तृतीयाका दिन रथयात्रा गरिने तीनवटै मूर्तिलाई पुजारी घरमा भित्र्याइएको पूर्व वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । ।मूर्ति भित्र्याएसँगै यो वर्षको जात्रा सबै काम सकिएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ । जात्राका