काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सयौँको सहभागिता जुटेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।
रथयात्रा अगाडि काठमाण्डौ इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर हिजो दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।
रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्...