वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु

काठमाण्डाै - वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ र त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा सुरु हुनेछ । आज सेतो मच्छिन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ । असनमा आज राति राष्ट्रपति विद्यादेव...