वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको सुरु भएको छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ।
रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्याइएको थियो। यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ।