प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै...