पैतालाको चोटले सुबिस्तासँग हिँडडुल गर्न मिल्दैन । तर पनि विजराम चेपाङ घरदेखि एक घण्टा परको विद्यालय पैदलै पुग्छन् । उनी बालविकास (शिशु) शिक्षक हुन् । ‘अरू आधा घण्टामा पुग्छन्, मलाई बेर लाग्छ,’ विजरामले आफ्नो बाध्यता सुनाए । घरदेखि विद्यालय पुग्न जंगलको बाटो हुँदै जानुपर्छ । भिरालो बाटोमा हिँड्दा पैताला चस्कन्छ । बिसाउँदै हिँड्दा उनलाई समय बढी लाग्ने गरेको हो ।