शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

काठमाडौँ,२९ पुष । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना […]