यस जिल्लाको पाँच वटा सिँचाइ योजनामा करोडौँ रुपियाँ खर्च भए पनि नहर तथा कुलोमा भने पानी बग्न सकेको छैन । सिँचाइ डिभिजन कार्यालयले योजना निर्माण कार्य पूरा नगर्दा मुख्यमन्त्री नमुना कृषि गाउँको जमिन बाँझो रहेको छ । मेलौली नगरपालिका–८, भम्त खोरडामा मुख्यमन्त्री नमुना कृषि गाउँमा लिफ्ट गरी सिँचाइका लागि २०७७ देखि २०८० सालसम्म एक करोड २० लाख रुपियाँ बजेट आए पनि योजना पूरा नहुँदा खेत बाँझो रहेको छ ।
मकवानपुर । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ । ती योजनामा रु १७ करोड ८९ […]
दोलखाको सैलुङ गाउँपालिका–८ मा करिब डेढ दशक अघि करोडौँको लगानीमा निर्माण सुरु भएको झोर खोला सिँचाइ योजना कागजी रूपमा सम्पन्न भनिए पनि सामान्य वादविवाद र प्राविधिक कमजोरीले सञ्चालनमा आउन सकेको छैन ।
चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।
सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।
विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि ३६ वर्षपछि माग पूरा भएको छ । रासस
साविकको सिँचाइ डिभिजन कार्यालयको १० करोड रुपैयाँ बजेटबाट २०६३ मा निर्माण सुरु गरिएको कालीमाटी गाउँपालिका–६ काप्रेचौर सिँचाइ योजनाको अधिकांश भाग तहसनहस भएको छ । सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको बेला ०७१ साउन २८ गते बबई नदीमा आएको बाढीले क्षति पुर्याएको थियो । तर ७ वर्षसम्म मर्मत नहुँदा किसानलाई सिँचाइका लागि सास्ती भोग्नुपर्ने बाध्यता छ ।
रसुव । रसुवाको कालिका गाउँपालिका अन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँमा नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसात् गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ ।
२४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्याई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले संघीय सरकारको अनुदानमा सबडिभिजन सिँचाइ कार्यालय रसुवामार्फत पाइपद्वारा सिँचाइका संरचना निर्माण गरिएको हो । सौरेनी खोला मुहान गरी निर्माण गरिएको सिँचाइबाट भदौरे गाउँका २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्याइँदै छ । यससँगै कोदो रोप्ने स्थानमा धान रोप्ने तयारी भएको छ । उक्त सिँचाइ योजनाबाट ५२ घरधुरीका २७० स्थानीयवासी लाभान्वित भएका छन् ।
हिउँद तथा वर्षा दुवै समयमा सिँचाइ सुविधाको सहजता ल्याउन ६० हजार लिटरको एक रिजर्भ र गाउँ टोलटोलका खानेपानी धाराबाट खेर गइरहेको पानी संकलनका लागि पाँच/पाँच हजार लिटर क्षमताका ४८ ओटा संकलन ट्यांकी निर्माण गरिएको सबडिभिजन सिँचाइ प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए ।
उक्त सिँचाइका लागि एक हजार २०० मिटर मुख्य एवं खेतीयोग्य जमीनमा लैजान शाखा लाइनका पाइप खरिद तथा ट्यांकीसमेतका संरचना निर्माणमा १ करोड हाराहारीमा खर्च भएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेलले बताए । वर्षा कमी भएको समयमा कोदोको बोटसमेत सुक्ने भदौरे क्षेत्रका जमीनमा वर्षायाममा धानका बाला झुलाउन र हिउँदयाममा तरकारीबाट आयआर्जन बढाउन सिँचाइ सुविधा सहज हुने भएको छ ।
पहिला निर्माण भएको सिँचाइ संरचना २०७२ को भूकम्पले क्षति पु¥याएको र वर्तमान अवस्थामा निर्माण भएका सिँचाइ संरचना दिगो एवं आम किसानमाझ लाभदायी हुँदै गएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताए । रासस
रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो ।
तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइस...
५ भदौ, म्याग्दी । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । दुई करोड ७६ लाख ५४ हजारको लागतमा निर्माण भएका योजनाबाट १६८ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।
योजनाबाट दुई हजार नो सय घरधुरी लाभान्वित भएका सिँचाइ विकास सवडिभिजन कार्यालयका सवइञ्जिनियर बिमल विश्वकर्माले जानकारी दिनुभयो । …
गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा निर्माणाधीन १ करोड ६ लाख ४२ हजार लागतको सिँचाइ आयोजना निर्माण सम्पन्न नहुँदै भत्कन थालेको छ ।
योजनाका लागि प्रयोग भएको पाइपलाई टेवा दिन बनाइएका पोस्टहरू धमाधम भत्कन लागेका हुन् । प्राविधिक डिजाइनमा त्रुटि र गुणस्तरहीन निर्माणका कारण र लागत स्टिमेटअनुसारका सामान प्रयोग नहुँदा यस्तो भएको स्थानीयवासी बताउँछन् ।