सम्पन्न नहुँदै भत्कियो सिँचाइ योजना

गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा निर्माणाधीन १ करोड ६ लाख ४२ हजार लागतको सिँचाइ आयोजना निर्माण सम्पन्न नहुँदै भत्कन थालेको छ । योजनाका लागि प्रयोग भएको पाइपलाई टेवा दिन बनाइएका पोस्टहरू धमाधम भत्कन लागेका हुन् । प्राविधिक डिजाइनमा त्रुटि र गुणस्तरहीन निर्माणका कारण र लागत स्टिमेटअनुसारका सामान प्रयोग नहुँदा यस्तो भएको स्थानीयवासी बताउँछन् ।