१० करोडको सिँचाइ योजना तहसनहस

साविकको सिँचाइ डिभिजन कार्यालयको १० करोड रुपैयाँ बजेटबाट २०६३ मा निर्माण सुरु गरिएको कालीमाटी गाउँपालिका–६ काप्रेचौर सिँचाइ योजनाको अधिकांश भाग तहसनहस भएको छ । सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको बेला ०७१ साउन २८ गते बबई नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । तर ७ वर्षसम्म मर्मत नहुँदा किसानलाई सिँचाइका लागि सास्ती भोग्नुपर्ने बाध्यता छ ।

सम्बन्धित सामग्री

राजकुलो बनेपछि रोपाइँको चटारो

गत कात्तिकमा अविरल वर्षासँगै आएको बाढीले घर भित्र्याउनै लागेको धान बाली तहसनहस बनायो । धानसँगै खेतबारी पनि बगायो । बाढीले तातोपानी र तिलाका १३ वटा सिँचाइ योजना बगाएको थियो । जसका कारण किसानहरू यो वर्ष धान खेती गर्ने या नगर्ने भन्नेबारे अन्योलमा थिए । तर तातोपानी–१ स्थित रानी जिउलोमा सिँचाइ कुलो मर्मत भएपछि किसानलाई अहिले रोपाइँको चटारोले छोएको छ ।