वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो

लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उनले भने । य

सम्बन्धित सामग्री

कर्णाली पुल नजिकैकाे पहाड भासियो

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ।...

कमला नदीको पुल फेरि भासियो

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो ।बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षाका क्रममा भासिएको थियो । त्यतिबेला सिरहाको बसप

सुनवलस्थित तुरिया खोलाको पुल भासियो

नवलपरासी : अविरल वर्षासँगै आएको बाढीले पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको पुल भासिएको छ। पुल भाँसिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।पुलको २० देखि २५ प्रतिशत भाग चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाले जानकारी दिए। पुल जोखिममा परेपछि बिहीबार रातिदेखि नै पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नै बर्दघाटस्थित लण्डनब्रिज पुल पनि जोखिममा रहेको प्रहरी नायब उपरीक्षक लामाले बताए। राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन पन

वर्षाले २० वटा पुल क्षतिग्रत

काठमाडौं । गत  साता  आएको    औसत  बाढीले  उद्घाटनको  तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा  र  सिरहा  जोड्ने  कमला  नदीको  पुल  भासियो  ।पुलका  १२  वटा  स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।सो पुलको एउटा स्पान नदीमा

मर्स्याङ्दी नदीको पुल भासियो , खाद्यान्न ढुवानी रोकियो

नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले  पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ । यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि  २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए ।उनले भने, “असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो , जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी

बाढीले भासियो मर्स्याङ्दी नदीको झोलुङ्गे पुल

केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो । बाढीले तनहुँ तर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिए । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

१० वर्षमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम– धनुषा र सिरहा जोड्ने पुल निर्माण पूरा नहुँदै भासिएको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टाघाटस्थित निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएको हो। कमला नदीमा पानीको बहाब बढेपछि बिहीबार पुल भासिएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भासिएको जानकारी दिए। उनका अनुसार बसपिट्टाघाटस्थित निर्माणाधिन कमला […]

हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने पुल भासियो

धनगढी – हुलाकी राजमार्गअन्तर्गत कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीमा बनेको सत्तीघाट पुल भासिएको छ। पुल भासिँदा आवतजावत बन्द भएको छ। पुलको पूर्वपट्टि छेउको तटबन्ध भत्किँदा पुल भासिएर शनिबार साँझदेखि आवतजावत बन्द भएको हो। पुलको पारिपट्टि बर्दियातर्फको तटबन्ध पानीको बहावले भत्किँदा आवतजावत बन्द गरिएको प्रहरी चौकी सत्तीका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए। पुलको पूर्वतर्फको […]