कमला नदीको पुल फेरि भासियो

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो ।बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षाका क्रममा भासिएको थियो । त्यतिबेला सिरहाको बसप