काठमाडौँ : हलिया प्रथा उन्मूलन भएको डेढ दशक पूरा हुनै लाग्दा पनि उनीहरूको पुनःस्थापन हुन सकेको छैन।अर्कोतर्फ विभिन्न मञ्चमा काँग्रेस नेतृत्वले प्रधानमन्त्री शेरबहादुर देउवाले निकै राम्रा काम गरेको भनेर हलिया मुक्तिलाई जोडतोडका साथ उठाइरहेको छ।काँग्रेस नेत्री आरजु राणा देउवाले हलिया प्रथा उन्मूलन जस्ता काम प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भनेर प्रशंसा गरेकी थिइन्। यसैगरी काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि आज (मङ्गलवार) शेरबहादुर देउवाले धेरै राम्रा काम गरेको भन्दै कमैया