पीडा पोखेरै दिन बिताउँछन् हलिया

भदौ ११। हलिया प्रथा अन्त्य भएको दिन। हलिया मुक्तिका १४ वर्ष बितेछन्; मुक्त गरिएका हलिया समुदायका समस्या १४ दिनका लागि पनि समाधान हुन सकेन।...

सम्बन्धित सामग्री

मुक्त हलियाहरूको पीडा : परिचय पत्र छ, पुनर्स्थापना छैन

१६ पुस, डोटी । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका-२ का पत्वा कोलीले मालिकबाट दुई हजार रुपैयाँ ऋण लिएर ब्याज वाफत हलो जोत्न थाले । दुई दशकसम्म हलो जोत्दासमेत साँवा रकम घटेन । सरकारले न्यायिक पुनर्स्थापनाको ग्यारेन्टीसहित हलिया मुक्तिको घोषणा गर्दा पत्वा कोलीका आँखाबाट हर्षका आँसु खसेका थिए । हलो जोतेर जीवन निर्वाह गरिरहेका उनलाई मुक्त भइसकेपछि […]

हलिया मुक्ति आन्दोलनका नायक श्रीपाइली तर पीडा उस्तै !

२०५७ सालताका पश्चिम नेपालको तराईमा कमैया मुक्ति आन्दोलनको उभार थियो । दासताको जञ्जिरबाट उन्मुक्ति खोजिरहेका कमैयाको आवाज सडकदेखि सदनसम्म गुञ्जिएको थियो । कमैया प्रकृतिकै दासताको जञ्जिरमा जकडिएका हलियाहरूमा पनि उन्मुक्तिको चेतको लहर थियो । सुदूरपश्चिमका ९ जिल्ला र साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३ जिल्लामा हलियाहरू पुस्तौंपुस्तादेखि लागेको हलियाको जञ्जिर तोड्दै आन्दोलित भए, अन्ततः उन्मुक्त भए । त्यही उन्मुक्तिका अभियानकर्ता हुन् हरि श्रीपाइली तर मुक्तिको १३ वर्षसम्ममा पनि पुनःस्थापनाले पूर्णता नपाउँदा कहिलेकाहीँ उनको मन...

हलिया मुक्तिको १३ वर्ष : डोटीका मुक्त हलियाको पीडा उस्तै

डोटी – हलिया मुक्तिको घोषणा भएको १३ वर्ष बितिसक्दा पनि डोटीमा अहिलेसम्म पनि हलिया मुक्त हुन पाएका छैनन् । जसका कारण गाँस, बासको समेत समस्या हुँदै आएको उनीहरूको गुनासो रहेको छ ।  नेपाल सरकारले २०६५ साल भदौ २१ गते सुदूरपश्चिम तथा मध्यपश्चिमका १२ जिल्लामा रहेका हलियाहरू मुक्त भएको घोषणा गरेको थियो । सरकारले हलिया मुक्त घोषणा गरे पनि यहाँका मुक्त हलियाहरूले अहिलेसम्म मुक्ति नपाएको गुनासो गर्दै आएका छन् ।  राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले १३ औँ हलिया मुक्ति दिवसका अवसरमा आफूहरूको गाँस, बासक...