डोटी – हलिया मुक्तिको घोषणा भएको १३ वर्ष बितिसक्दा पनि डोटीमा अहिलेसम्म पनि हलिया मुक्त हुन पाएका छैनन् । जसका कारण गाँस, बासको समेत समस्या हुँदै आएको उनीहरूको गुनासो रहेको छ ।
नेपाल सरकारले २०६५ साल भदौ २१ गते सुदूरपश्चिम तथा मध्यपश्चिमका १२ जिल्लामा रहेका हलियाहरू मुक्त भएको घोषणा गरेको थियो । सरकारले हलिया मुक्त घोषणा गरे पनि यहाँका मुक्त हलियाहरूले अहिलेसम्म मुक्ति नपाएको गुनासो गर्दै आएका छन् ।
राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले १३ औँ हलिया मुक्ति दिवसका अवसरमा आफूहरूको गाँस, बासक...