नेकपा एमालेले कर्णाली प्रदेशको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि हरेक निर्वाचन क्षेत्रका लागि १० करोड रुपैया छुट्याउन माग गरेको छ ।
जनता सडक कार्यक्रमलाई निरन्तरता दिइ प्रत्येक निर्वाचन क्षेत्रलाई १० करोड छुट्याउन माग गरेको छ ।
बजेटको पूर्वसन्ध्यामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै १९ वटा कार्यक्रम समावेश गर्न आग्रह गरेको हो ।
एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन गरेर कर्णाली रोजगार या नागरिक रोजगार कार्यक्रम राख्न आग्रह गरेको छ ।
प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथ...