लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको पूर्ण कार्यान्वयन नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । संघीयता कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुनेगरी काम गर्ने उनको प्रतिबद्धता छ । बुटवल उद्योग वाणिज्य संघको नवनिर्मित उद्यमशीलता कार्यक्रमको बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरूको गठबन्धनबाट बनेको सरकारले संविधान र संघीयता कार्यान्वयन गरिछाड्ने दृढता जनाए । मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचा