काठमाडौँ – सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जंगे पिलर कायम गर्न माग गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार मन्त्रालयमा भेट गरी उनीहरूले उक्त माग गरेका हुन्। अभियान टोलीले मन्त्री खाँणलाई चारबुँदे ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न […]