विद्रोह गर्दै हलबाट बाहिरियो ‘राधा’, फाइदा होला ‘प्रकाश’लाई ?

काठमाडौं । सो बाँडफाँटमा विभेद भएको भन्दै असन्तुष्टि जनाएको चलचित्र ‘राधा’ अन्ततः आजबाट हलबाट बाहिरिएको छ । चलचित्र राम्रो हुँदा हुँदै हलले सो वितरणमा विभेद गरेको भन्दै निर्माण पक्षले प्रदर्शन भइरहेको सिनेमा हलबाट निकालेको हो ।  मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो सिनेमा हलबाट निकाल्ने निर्माण पक्षले घोषणा गरेको थियो । सोही...

सम्बन्धित सामग्री

वाग्नर काण्डबारे अमेरिकालाई अग्रीम सूचना थियोः न्यूयोर्क टाइम्स

काठमाडौं । रुसी सेनासँग विद्रोह प्रयास गरेर अन्तिममा पछि हटेको भाडाका सैनिक खटाउने वाग्नर काण्डका बारेमा अमेरिकालाई अग्रीम जानकारी भएको दाबी गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले रुसलाई फाइदा हुने देखिएकाले अग्रीम जानकारी अमेरिकाले नदिएको रिपोर्ट गरेको छ । न्यूयोर्क टाइम्समात्रै होइन अमेरिकी विश्व च्यानल सीएनएनले पनि वाग्नर काण्डबारेमा अमेरिकी अधिकारीहरुलाई अग्रीम जानकारी भएको […]

न्यू योर्क टाइम्सको दाबी- वाग्नर काण्डबारे अमेरिकालाई अग्रीम सूचना थियो

काठमाडौं । रुसी सेनासग विद्रोह प्रयास गरेर अन्तिममा पछि हटेको भाडाका सैनिक खटाउने वाग्नर काण्डबारे अमेरिकालाई अग्रिम जानकारी भएको दाबी गरिएको छ । अमेरिकी अखबार न्यू योर्क टाइम्सले रुसलाई फाइदा हुने देखिएकोले अग्रीम जानकारी अमेरिकाले नदेको रिपोर्ट गरेको छ । न्यू योर्क टाइम्स मात्रै होइन अमेरिकी विश्व च्यानल सिएनएनले पनि वाग्नर काण्डबारे अमेरिकी अधिकारीहरुलाई अग्रीम […]

मधेस विद्रोह हुनुपूर्वको राजनीतिक परिदृश्य

मधेस आन्दोलनकै कारण मुलुकले संघीयताको अवलम्बन गर्न पायो । समावेशिता र समानुपातिक पनि मधेस आन्दोलनकै देन हो । २०६३ सालयता देशमा तीन सांघातिक मधेस आन्दोलनहरू भए । कैयौँ मधेसी शहीद भए, कैयौँ अङ्गहीन भए । मधेस आन्दोलनका अझै थुप्रै फाइदा र नोक्सानीहरू छन् । तर यो आलेख मधेस आन्दोलन हुनुपूर्वको मधेसको राजनीतिको परिदृश्यमा केन्द्रित रहनेछ […]

माओवादीको ‘बागी’ले धनकुटामा सुनील थापालाई धक्का !

नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र (बागी) उम्मेदवारी दिएका हेमराज भण्डारीका कारण धनकुटामा सुनील बहादुर थापालाई धक्का पुगेको छ । सुनील २८ हजार ७०४ मतका साथ पराजित हुँदा भण्डारीले ५ हजार ९२६ मत पाए ।धनकुटाका कांग्रेस र माओवादीका नेताहरूले हेमराजले सुनीलको भोट काट्दा उनी पराजित हुन पुगेको विश्लेषण गरेका छन् । हुन पनि हेमराजकै कारण एमालेका राजेन्द्र राईलाई फाइदा पुग्यो । राईले ३० हजार १०१ मत पाउँदा सुनील र उनीबीचको मतान्तर १३९७ रहेको छ । जबकि हेमराज एक्लैले ५ हजार ९२६ मत पाए ।

'गठबन्धनले हामीलाई फाइदा भएन, एक्लै लडेकाे भए धेरै ठाउँमा जित्थ्यौं'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको सही ढंगले मुल्यांकन नगरेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई बोल्दै उनले भने, ‘हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएका छौँ। ८ महिनाको छोटो अवधिमा देशव्यापी रुपमा पार्टी बनाइसकेका छौँ। स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा गठबन्धन बनाएर सामना गर्ने प्रयास गरेका थियौँ, तर गठबन्धनमा हाम्रो सही मुल्यांकन र सम्मान भएन।’ पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा ज

गठबन्धनको काइदा- ठूला नेताका नातागोतालाई फाइदा

सत्ता गठबन्धनमा आबद्ध दलका विभिन्न जिल्लाका नेता कार्यकर्ताले गठबन्धनका नाममा टिकट नपाएर विद्रोह गरिरहेका बेला शीर्ष र प्रभावशाली नेताले भने आफ्नो परिवारका सदस्य सेट गरेका छन् ।

औद्योगिक नगरी विराटनगरको ओरालो यात्रा

नेपालको औद्योगिक इतिहासमा विराटनगरले विशेष स्थान ओगटेको छ । यो त्यही शहर हो, जहाँबाट १९३७ मा विराटनगर जुट मिलको स्थापनासँगै मुलुकको औद्योगिकीकरणको औपचारिक थालनी भएको थियो । दोस्रो विश्वयुद्धपछि अन्तरराष्ट्रिय बजारमा जुट उत्पादनको माग बढ्दै गएपछि जुट मिलको स्थापनाले देशलाई ठूलो फाइदा पुगेको थियो । यसले विराटनगरमा रोजगारीको ठूलो अवसर सृजना गर्न मद्दत गर्‍यो र यहाँबाट जुट मात्र नभई चामल, कपडा, कृषिजन्य उत्पादनलगायत अन्य वस्तु भारत र तेस्रो मुलुकमा निकासी हुने गर्थ्यो । सन् १९९६ मा भएको नेपाल–भारत व्यापार सन्धिले यहाँका उद्योगहरूलाई ठूलो प्रोत्साहन र राहत दिएको थियो । विराटनगर देशमा औद्योगिक क्रान्तिको शुरुआत गर्ने शहर हो । विराटनगरबाट प्रेरणा लिएर लिएर काठमाडौं, वीरगञ्ज, सिमरा, नेपालगञ्जलगायत देशका अन्य भागमा उद्योगहरू स्थापना हुन थालेको हो ।  कुनै समय प्रमुख औद्योगिक हब भएको विराटनगरले बिस्तारै बिस्तारै आकर्षण गुमाउँदै जान थाल्यो । माओवादी राजनीतिक विद्रोहको शुरू भएसँगै यसको नकारात्मक असर विराटनगरलाई पनि पर्‍यो । विराटनगर आफ्नो गौरवशाली विगत जोगाउन संघर्षरत छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको अवस्था छ । बिग्रँदै गएको औद्योगिक वातावरणको प्रभाव यहाँ स्पष्ट देखिन थाल्यो माओवादी द्वन्द्वपछि । माओवादी विद्रोह भन्दा पहिले यहाँ १०० भन्दा बढी प्लास्टिक कारखाना थिए । तर, त्यसपछि ११ ओटामा सीमित हुन पुगे । पाँचओटा फलाम तथा स्टील कारखाना, १० कपडा कारखाना, १३ तयारी पोशाक कारखाना र चारओटा भाँडाकुँडा कारखाना पूर्णरूपले बन्द भए । सूर्य नेपालजस्तो बहुराष्ट्रिय कम्पनीले गार्मेन्ट युनिट बन्द गर्‍यो । सन् २००१ मा भएको व्यापार सन्धि परिमार्जन र भारतले जिंक अक्साइड, तामाको तार, एक्रेलिक धागो र वनस्पति घिउमा मात्रात्मक प्रतिबन्ध लगाएपछि नेपालबीचको भन्सार भिन्नताको फाइदा उठाउन स्थापना भएका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका धेरै उद्योग बन्द भए । वनस्पति घिउ उद्योगको वृद्धि र पतन एउटा उत्कृष्ट उदाहरण हो । यी उद्योग भारतमा कच्चा पदार्थमा बढेको भन्सार महसुलबाट फाइदा लिन स्थापना गरिएका थिए । तर, भारतले भन्सार घटाएपछि तीमध्ये धेरै बन्द भएका थिए । त्यस समय विद्युत् अभावले औद्योगिक उत्पादनमा ठूलो असर परेको थियो । त्यो समयमा व्यवसायीले उद्योगमा हडताल नगर्न, क्षतिपूर्तिको व्यवस्था, औद्योगिक क्षेत्रमा खानेपानी, सडक र विद्युत्जस्ता पूर्वाधार विस्तार गर्न, विशेष आर्थिक क्षेत्र र सुक्खा बन्दरगाह स्थापना गर्न माग गरेका थिए । नेपालको ऐतिहासिक शहर हुनुका साथै विराटनगरले राज्यकै दोस्रो ठूलो र प्रमुख औद्योगिक शहरका रूपमा पनि ख्याति कमाएको थियो । यसबाहेक, यो पूर्वी क्षेत्रको औद्योगिक र व्यापारिक केन्द्र भएकोमा गर्व गर्छ । २००७ सालको प्रजातन्त्र स्थापनासँगै मोरङ व्यापार संघको जन्म विसं २००८ (सन् १९५१) मा भएको थियो । यो संघ २०६५ सालपछि गुट उपगुटका परिवर्तन हुँदै यसले गरिमा गुमाएको छ । वर्तमान अवस्थामा बाह्य र भित्री कारणले उद्योगव्यवसायको अवस्था कमजोर  बन्दै गएको छ । निजीक्षेत्रले सामाजिक सम्पर्कबाट आफूलाई पृथक् राख्न थालेका छन् । राजनीतिक स्थिरता छैन । परनिर्भर हाम्रो अर्थतन्त्रमा युक्रेन–रूसको द्वन्द्वले पनि प्रभाव पर्न थालिसकेको छ । राज्यको नीति नियममा कुनै एकरूपता छैन । सरकारी सोच के–केमा कर लगाउन सकिन्छ भन्नेमा छ । तर, व्यवसायीहरूलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्नेमा चासो देखिँदैन । विराटगनरका उद्यमी प्रकाश मुन्दडा भन्छन्, उद्योगको अक्सिजन समाप्त भइसकेको छ र उद्योगीहरू भेन्टिलेटरमा छन् । उद्योग–कलकारखाना सञ्चालन गर्न सञ्चालकसँग पैसा छैन । बैंकले तरलताको अभाव देखाएर लगानी गर्न छाडेको छ । लगानी अभावका कारण व्यापारीहरू कच्चा पदार्थ किन्न सक्ने अवस्थामा छैनन् । थोरै रकमबाट प्रतीतपत्र (एलसी) खोल्ने सरलतालाई पनि राष्ट्र बैंकको मौद्रिक नीतिले अंकुश लगाइदिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष नवीन रिजाल पनि भन्सारमा ६० भन्दा बढी प्रकारका सामानमा अनिवार्य एलसीको व्यवस्था गर्दा उद्योग क्षेत्र धराशयी बनेको बताउँछन् । पूर्वअध्यक्ष पवनकुमार शारडा पनि आर्थिक क्षेत्रलाई प्रोत्साहन गर्न सरकारसँग कुनै निश्चित दृष्टिकोण नभएको बताउँछन् । उद्योग मन्त्रालयले निर्माण गरेको नीति, नियम र ऐनकानूनको सरकारकै अन्य मन्त्रालय पालना गर्न मान्दैनन् ।    अर्का पूर्वअध्यक्ष महेश जाजू पनि भएका उद्योगव्यवसायलाई निरन्तरता दिन हम्मेहम्मे भएको बताउँछन् । राजनीतिमार्फत सरकार बनाउनेसँग आर्थिक एजेन्डाको खाका नभएको उनको भनाइ छ । नेपालको प्रमुख औद्योगिक क्षेत्रमध्येको एक सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५ वर्षयता ४० ओटा उद्योग र कारखाना बन्द भइसकेको तथ्यांक केन्द्रीय तथ्यांक विभाग (सीबीएस) ले दिएको छ । तयारी पोशाक र कपडा उद्योग सबैभन्दा बढी मारमा परेको उद्योग वाणिज्य संघका पदाधिकारीहरूको भनाइ छ । यस अवधिमा अमी अपेरेल्स, जेडी अपेरेल्स, सांग्रिला गार्मेन्ट र युनिक फेशनलगायत दर्जनभन्दा बढी गार्मेन्ट कारखाना बन्द भए । यसबाट उद्योगीलाई रू. ३ अर्बभन्दा बढी घाटा भएको थियो । यस्तोमा युवाहरूले रोजगारी कसरी पाउलान् ? अढाइ दशकको अवधिमा अशोक टेक्सटाइल, प्रभात, शाह, जगदम्बा टेक्सटाइलजस्ता कपडा उद्योग बन्द भए । शिवालय मेटलका सञ्चालक खेमचन जैनले कारखाना बन्द भएपछि ८ करोड रुपैयाँ घाटा भएको बताएका थिए । दशक लामो द्वन्द्वमा रोलिङ मिल, जुट मिल, म्याच फ्याक्ट्री र साबुन कारखाना बन्द भए । रोलिङ मिल सञ्चालकले रू. २० करोड घाटा बेहोरेको थिए । स्थानीय चुनावको गर्मी शुरू भएको छ । तर, चुनावमा भाग लिने दलहरूमा आर्थिक एजेन्डाको कुनै रूपरेखा छैन । यस्ता दललाई हामीले बहिष्कार गर्न सक्नुपर्छ । विराटनगरको आवाज अचेल केन्द्रमा सुनिँदैन भन्ने चर्चा पनि छ । देश श्रीलंकाको जस्तै संकट उन्मुख हुन थालिसक्यो भन्ने हेक्का हामी सबैले राख्नु जरुरी छ । विराटनगरको गरिमालाई ब्यूँताउन यस क्षेत्रका सबै राजनीतिक दल, उद्योगी व्यापारी, नागरिक समाज, पेशागत समूह र सम्पूर्ण विराटनगरवासी लाग्नुपर्छ । यसको गाम्भीर्यलाई बुझ्नु आजको आवश्यकता हो । लेखक विभिन्न कलेजमा अर्थशास्त्र अध्यापन गर्छन् ।

युक्रेनलाई बिट्क्वाइनको ओइरो, नाम चलेका व्यापारीबाट पनि सहयोगको घोषणा

फागुन १६, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरबाट युक्रेनलाई सहयोगको ओइरो लागिरहेको छ । आक्रमण अगावै अमेरिकाले १ अर्ब डलर सहयोगको घोषणा गरेको थियो । पछिल्लो समय जापानलगायत कयौं देशहरुले पनि धमाधम सहयोग घोषणा गरिरहेका छन् । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क र जापानी दूरसञ्चार कम्पनी राकुटेन ग्रुप इंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिरोशी मिकितानीलगायत विश्वका केही नाम चलेका व्यापारीहरुले पनि व्यक्तिगत रुपमा सहयोगको घोषणा गरेका छन् ।  युक्रेनी सेनालाई क्रिप्टोकरेन्सी पनि दान आउन थालेको छ । अहिलेसम्म अज्ञात बिट्क्वाइन दाताहरुबाट कम्तिमा पनि १ करोड ३७ लाख डलर मूल्य बराबरका बिट्क्वाइन दान आएको विश्लेषकहरुले बताएका छन् । ब्लकचेन विश्लेषण कम्पनी इलिप्टिकका अनुसन्धाताहरुले बताएअनुसार युक्रेन सरकार, गैरसरकारी संस्था स्वयम्सेवक समूहहरुले अनलाइनमा बिट्क्वाइन वालेट ठेगानाको विज्ञापन नै गरेर धमाधम सहयोग लिइरहेका छन् । ४ हजारभन्दा धेरै दान आएको र दानको औसत रकम ९५ डलर रहेको बताइएको छ । एक अज्ञात दाताले एउटा गैर सरकारी संस्थालाई ३० लाख डलर मूल्य बराबरको बिट्क्वाइन दिएका छन् ।  विज्ञापन खुलेको ८ घन्टाभित्रै दुई ओटा क्रिप्टोकरेन्सी वालेटमा ५४ लाख डलर बराबरको बिट्क्वाइन, इथर र अन्य क्रिप्टोकरेन्सी आएको बताइएको छ । युक्रेनको डिजिटल मन्त्रालयले युक्रेनी सेनालाई सघाउन भन्दै दानका लागि अनुरोध गरेको भएपनि सो रकम कसरी खर्च हुन्छ भन्नेबारे चाँहि केही पनि बताएको छैन । केही क्राउडफन्डिङ र भुुक्तानी कम्पनीहरुले युक्रेनी सेनालाई सघाउन दान दिन अस्वीकार गरेपछि क्रिप्टोकरेन्सी राम्रो विकल्पको रुपमा देखिएको छ । पछिल्लो समय विश्वभर विद्रोह र प्रदर्शनहरुलाई सघाउन क्रिप्टोकरेन्सी फन्डरेजिङ गर्ने क्रम बढेको छ । पछिल्लो अवस्थाको फाइदा उठाएर स्क्यामरहरुले क्रिप्टोकरेन्सी फन्डरेजिङको दुरुपयोग गर्ने आशंका पनि बढेको छ । एजेन्सीहरुको सहयोगमा

माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह : एमालेमा तपाईंको आवश्यकता छ, छिट्टै फर्किनुस्

काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको माधव नेपाललाई पार्टीमा फर्किन आग्रह गरेकी छन्।लामो समयसम्म माधव नेपालको साथमा रहेकी नेतृ शाक्यले काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘फुटले कसैलाई फाइदा छैन। जुट्नु नै अहिलेको आवश्यकता छ। माधव नेपाल हामी सबैको नेता हो। अग्रज हुनुहुन्छ।‘ आफूले निर्माण गरेको एमाले छाडेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्छु भनेर लाग्नु सम्भव नभएको उनले बताइन्। नेपाललाई आग्रह गर्

“नेताहरूलाई बन्धक बनाएर नयाँ पार्टी बनाएको भन्नु बर्बराहट र पागलपन”

काठमाडौं, भदौ १० । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले नेताहरुलाई बन्धक बनाएर नयाँ पार्टी गठन गरेको भन्नु केपी ओलीको बर्बराहट र पागलपन भएको बताएका छन् । नयाँ पार्टी गठन व्यक्तिगत फाइदा, बेफाइदाभन्दा पनि एमालेभित्रका विकृति, विसंगति गैरकम्युनिस्ट चरित्रविरुद्ध विद्रोह भएको जिकिर पनि गरे । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]