काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको माधव नेपाललाई पार्टीमा फर्किन आग्रह गरेकी छन्।लामो समयसम्म माधव नेपालको साथमा रहेकी नेतृ शाक्यले काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘फुटले कसैलाई फाइदा छैन। जुट्नु नै अहिलेको आवश्यकता छ। माधव नेपाल हामी सबैको नेता हो। अग्रज हुनुहुन्छ।‘ आफूले निर्माण गरेको एमाले छाडेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्छु भनेर लाग्नु सम्भव नभएको उनले बताइन्। नेपाललाई आग्रह गर्