युक्रेनलाई बिट्क्वाइनको ओइरो, नाम चलेका व्यापारीबाट पनि सहयोगको घोषणा

फागुन १६, काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरबाट युक्रेनलाई सहयोगको ओइरो लागिरहेको छ । आक्रमण अगावै अमेरिकाले १ अर्ब डलर सहयोगको घोषणा गरेको थियो । पछिल्लो समय जापानलगायत कयौं देशहरुले पनि धमाधम सहयोग घोषणा गरिरहेका छन् । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क र जापानी दूरसञ्चार कम्पनी राकुटेन ग्रुप इंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिरोशी मिकितानीलगायत विश्वका केही नाम चलेका व्यापारीहरुले पनि व्यक्तिगत रुपमा सहयोगको घोषणा गरेका छन् ।  युक्रेनी सेनालाई क्रिप्टोकरेन्सी पनि दान आउन थालेको छ । अहिलेसम्म अज्ञात बिट्क्वाइन दाताहरुबाट कम्तिमा पनि १ करोड ३७ लाख डलर मूल्य बराबरका बिट्क्वाइन दान आएको विश्लेषकहरुले बताएका छन् । ब्लकचेन विश्लेषण कम्पनी इलिप्टिकका अनुसन्धाताहरुले बताएअनुसार युक्रेन सरकार, गैरसरकारी संस्था स्वयम्सेवक समूहहरुले अनलाइनमा बिट्क्वाइन वालेट ठेगानाको विज्ञापन नै गरेर धमाधम सहयोग लिइरहेका छन् । ४ हजारभन्दा धेरै दान आएको र दानको औसत रकम ९५ डलर रहेको बताइएको छ । एक अज्ञात दाताले एउटा गैर सरकारी संस्थालाई ३० लाख डलर मूल्य बराबरको बिट्क्वाइन दिएका छन् ।  विज्ञापन खुलेको ८ घन्टाभित्रै दुई ओटा क्रिप्टोकरेन्सी वालेटमा ५४ लाख डलर बराबरको बिट्क्वाइन, इथर र अन्य क्रिप्टोकरेन्सी आएको बताइएको छ । युक्रेनको डिजिटल मन्त्रालयले युक्रेनी सेनालाई सघाउन भन्दै दानका लागि अनुरोध गरेको भएपनि सो रकम कसरी खर्च हुन्छ भन्नेबारे चाँहि केही पनि बताएको छैन । केही क्राउडफन्डिङ र भुुक्तानी कम्पनीहरुले युक्रेनी सेनालाई सघाउन दान दिन अस्वीकार गरेपछि क्रिप्टोकरेन्सी राम्रो विकल्पको रुपमा देखिएको छ । पछिल्लो समय विश्वभर विद्रोह र प्रदर्शनहरुलाई सघाउन क्रिप्टोकरेन्सी फन्डरेजिङ गर्ने क्रम बढेको छ । पछिल्लो अवस्थाको फाइदा उठाएर स्क्यामरहरुले क्रिप्टोकरेन्सी फन्डरेजिङको दुरुपयोग गर्ने आशंका पनि बढेको छ । एजेन्सीहरुको सहयोगमा  

सम्बन्धित सामग्री

सहयोगको बहानामा विदेशी नागरिकलाई ठमेलमा ठगी

४ असार, काठमाडौं । सहयोगको बहाना बनाएर एक नेपालीले विदेशी नागरिकहरुलाई ठगी गरेको आरोप लागेको छ । शुभव तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुले बताएका छन् । सहयोग गर्छु …

जनमतले पार्टी कार्यालय र अन्य संरचनामा दाताको नाम राख्ने

जनकपुरधाम । जनमत पार्टीले स्थायी कार्यालय भवनको लागि अक्षयकोषमा सहयोगको अपिल गरेको छ । सो पार्टीले कार्यालय भवन र अन्य संरचनामा दाताको नाम राख्ने भन्दै आर्थिक सहयोगको अपिल गरेको हो । जनमतका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गरेर आर्थिक सहयोगअनुसार दाताको उचित कदर गरिने जनाएका छन् । विज्ञप्तिअनुसार सो पार्टीले पूरै भवन संरचना […]

एन्फामा पदका लागि दबाब नदिएको थापाको स्पष्टोक्ति

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फाको पदका लागि कसैलाई अनुरोध र दबाब नदिएको बताएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा गौरवको नाम बाहिर आएपछि फुटबल वृतमा विवाद सृजना भएको थियो। गौरवले बुधबार एक विज्ञप्ति जारी गर्दै पदका लागि दबाब नदिएको स्पष्ट पारेका छन्।उनले वर्तमान अध्यक्ष र महासचिवले सहयोगको आग्रह गरेको उल्लेख गरे। ‘फिफा र एएफसीलाई अमान्य हुने गरि मैले एन्फामा कुनै पनि भूमिका चाहेको छैन। मैले कहिल्

विद्यालयलाई अभिभावकबाट चन्दा उठाउने बाटो खुला

काठमाडौँ । अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूले अभिभावकबाट मासिक रूपमा शुल्क उठाउँदै आएका छन् । यसरी उठाउने शुल्कलाई चन्दा वा सहयोगको नाम दिइन्छ । विद्यालयले उठाउने […]

नाम स्मृति, काम सबैले सम्झिने

काठमाडौं । कुनै समय आम मानिसजस्तै पेशा र पारिवारिक जिम्मेवारीमा केन्द्रित काठमाडौं, बालुवाटारकी स्मृति पोखरेल ४ वर्षदेखि निरन्तर क्यान्सरपीडित बालबालिकाको जीवन बचाउने अभियानमा छन् । यस अवधिमा उनले क्यान्सर भएर जीवन र मृत्युको दोसाँधमा पुगेका ५० भन्दा धेरै बालबालिकालाई नयाँ जीवन दिएकी छन् । एउटा बच्चा बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो भन्ने भावनाले काममा उत्साह थपिरहेको स्मृति बताउँछिन् । छँदाखाँदाको पेशा छाडेर स्मृति यता लाग्नुको छुट्टै कथा छ । एकपटक रातो बंगला फाउन्डेशनको कामले काभ्रे पुगेका बेला एउटा स्कूलमा एकजना अधबैंशे पुरूष आर्थिक सहयोग माग्दै रहेछन् । उनीबारे बुभ्mदै जाँदा ५ वर्षे छोरा शिशिर सरयूको आँखामा क्यान्सरको उपचार गर्न सहयोगको याचना गर्दै हिँडेको थाहा भयो । शिशिरको अवस्थाबाट भावुक बनेकी स्मृति उनका अभिभावकलाई केही आर्थिक सहयोग गर्न सक्ने आश्वासनसहित सम्पर्क नम्बर दिएर काठमाडौं फर्किन् ।  ‘त्यसअघि बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने मलाई थाहा थिएन्,’ उनी भन्छिन्, ‘काभ्रेबाट फर्केको ३ दिनसम्म शिशिरको अवस्था सम्झिएर निद्रा लागेन । शिशिरका लागि केही गर्नैपर्छ भन्ने भावना झन् बलियो हुँदै गयो ।’ केही दिनपछि शिशिरका बुबाले फोन गरेर छोरालाई उपचार गराउन कान्ति बाल अस्पताल ल्याएको जानकारी दिए । ‘शिशिरलाई आर्थिक सहयोग गर्न कान्तिको अंकोलोजी वार्डमा पुग्दा दिमागै खलबलिने दृश्य देख्नुपर्‍यो,’ उनले भनिन् । त्यहाँका ३२ ओटा बेड २ महीनादेखि १६ वर्ष उमेर समूहका क्यान्सरपीडितले भरिएका थिए ।  ‘अस्पतालको त्यो अवस्थाले मेरो मनमा निकै ठूलो झट्का दियो । अनि म उनीहरूलाई पनि सहयोग गर्ने अठोट गरेर फर्किएँ,’ स्मृतिले भनिन् । त्यो कुरा उनले नजिकका साथीभाइ, आफन्त र इस्टमित्रसँग पनि शेयर गरिन् । र, उनीहरूसँग सहयोग पनि माग्न थालिन् । ‘एक किसिमले मैले त्यस बेलादेखि नै एउटा अभियान शुरू गरिसकेकी रहेछु,’ स्मृतिले भनिन् । दर्जनौं क्यान्सरपीडितलाई नयाँ जीवन दिने काम सहजै र एक्लैले गर्न नसकिने बुझाइले स्मृतिलाई संस्था नै दर्ता गराएर काम अघि बढाउने निर्णयमा पुर्‍यायो । अनि रातो बंगला फाउन्डेशन र नेपाल इन्जिनीयरिङ कलेजको आकर्षक जागीर छाडेर क्यान्सरपीडित बालबालिकाको सेवामा लागेको स्मृति बताउँछिन् ।  उनको त्यो निर्णयमा साथ दिन आइपुगिन्– स्कूले जीवनदेखिकै मिल्ने साथी केसाइन डिकी लामा । लामा, स्मृति र अरू तीनजना डाक्टर ९विष्णु अधिकारी, सुधा बस्नेत र सुचारिता तुलाधर० मिलेर गत सेप्टेम्बरमा विश नेपाल फाउन्डेशन नामक क्यान्सरपीडित बालबालिकाको जीवन रक्षामा काम गर्ने संस्था शुरू गरेका छन् । संस्था दर्ता गर्नुअघि नै क्यान्सरपीडित बालबालिकाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अभिलेख स्मृतिसँग छ । उनको संस्थाले दुरुपयोग नहोस् भनेर डाक्टरको सल्लाहबमोजिम बिरामीलाई आर्थिक, खानपान तथा पोषणमा सहयोग गर्ने गरेको छ ।  यो कामबाट घरपरिवार र आफू निकै सन्तुष्ट रहेको उनी बताउँछिन् । ‘मेरो र संस्थाको पहिलो उद्देश्य क्यान्सरपीडित बालबालिकाको जीवन बचाउनु हो । बालबालिका बाँच्नु भनेको देशको भविष्य बाँच्नु हो । त्योभन्दा ठूलो आत्मसन्तुष्टि अरू के हुन सक्छ र,’ उनले भनिन् ।  दुर्गम गाउँका क्यान्सरपीडितका आफन्त र अभिभावकले आर्थिक अभावका कारण उपचारका क्रममा बिरामीलाई आवश्यक पर्ने पौष्टिक आहार पुर्‍याउन सकिरहेका हुँदैनन् । पौष्टिक आहार पुगेन भने क्यान्सरको उपचार पद्धति केमोथेरापीले प्रभावकारी काम गर्न सक्दैन । त्यसका लागि विश नेपाल फाउन्डेशनले डाक्टरको सल्लाह बमोजिम बिरामीलाई पौष्टिक तत्वका रूपमा महीनाभरि नै पिडिएसोर र थ्रेप्टिनको व्यवस्था गरेको छ । दुर्गमबाट आएका बिरामीलाई उपचार अवधिभर काठमाडौंमा बस्न पनि समस्या हुन्छ । उपचार पूरा नहुँदै फर्किनुपर्ने बाध्यताले कतिपय बालबालिका अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । यसलाई सम्बोधन गर्न फाउन्डेशनले उपचार अवधिभर बिरामी र अभिभावकलाई काठमाडौंमा बस्न मिल्ने गरी आवासको व्यवस्था गर्ने योजना बनाएको छ । स्मृतिले दार्जिलिङको माउन्ट हर्मोन स्कूलबाट १२ कक्षा, कोलकाताबाट उच्च शिक्षा र अमेरिकाबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी छन् । परोपकारी काममा लागेको धेरै नभए पनि हजुरआमाको प्रेरणाले सानैदेखि यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच चाहिँ रहेको उनको भनाइ छ । हजुरआमाले शिशु सेवा समिति नामको संस्था खोलेर बालबालिकाका क्षेत्रमा काम गरेको उनले सानैमा देखेकी थिइन् । ‘त्यसैको प्रेरणाले होला मलाई समाज सेवामा रुचि जागेको,’ कुराकानी टुंग्याउँदै गर्दा उनले भनिन् ।

युक्रेनको अवस्था सहज बनाउन अमेरिकालाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मंगलबार युक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् । प्रवक्ता झाओ लिजियानले युक्रेन संकटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाई राखेका हुन् । रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमे

भारतले युक्रेनबाट नेपालीको पनि उद्धार गर्ने

काठमाडौं, १९ फागुन । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ । उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ । अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा हजारौं भारतीय नागरिक विमानबाट फर्काइने क्रम चलिरहेको छ । नेपालले पनि आफ्ना नागरिकको उद्धारका लागि भारतलाई सहयोगको आग्रह गरेको छ । यसप्रति भारतले […]

'म जीवन बचाउने सन्देश कुरिरहेछु'

यतिबेला अफगानिस्तानको चर्चा विश्वभर छ। एकातिर अमेरिकी सेना फिर्ता र तालिबानको बढ्दो हिंसा!यति बेला त्यहाँका नागरिकमा थप डर पैदा भएको छ। अझ भनौँ-अफगानिस्तानमा बसेर विदेशी निकायमा काम गर्ने व्यक्तिहरूप्रति तालिबान थप क्रुर बनेको छ।पत्रकार हबीब (नाम परिवर्तन गरिएको) विगत आठ वर्षदेखि अफगानिस्तानमा जर्मन सेना सहयोगको मिडिया आउटलेटमा कार्यरत थिए। गत महिना जुनमा उनले अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फर्कंदै गर्दा उनको जागिर गुम्यो।तीन बच्चाका बुबा हबीबले बीबीसीलाई भनेका छन्, 'यदी तालिब

सेनाका अधिकारीले अभिनेता सोनुसँग सहयोग मागेपछि...

मुम्बई । अभिनेता सोनु सुद कोरोना महामारी सुरु भएसँगै सहयोगका लागि धेरैले सम्झिने नाम हो । आम श्रमिक जनतादेखि सोनुलाई सहयोगको लागि धेरैले अपिल गरिरहेका छन् ।  यस्तैमा सेनाका एक अधिकारीले पनि अभिनेता सुदसँग सहयोगको अपिल गरेका छन् । सेनाका कमान्डिङ्ग अफिसरले हालै अभिनेतालाई पत्र पठाएर यो महामारीमा मद्दत मागेका छन्...