नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र (बागी) उम्मेदवारी दिएका हेमराज भण्डारीका कारण धनकुटामा सुनील बहादुर थापालाई धक्का पुगेको छ । सुनील २८ हजार ७०४ मतका साथ पराजित हुँदा भण्डारीले ५ हजार ९२६ मत पाए ।धनकुटाका कांग्रेस र माओवादीका नेताहरूले हेमराजले सुनीलको भोट काट्दा उनी पराजित हुन पुगेको विश्लेषण गरेका छन् । हुन पनि हेमराजकै कारण एमालेका राजेन्द्र राईलाई फाइदा पुग्यो । राईले ३० हजार १०१ मत पाउँदा सुनील र उनीबीचको मतान्तर १३९७ रहेको छ । जबकि हेमराज एक्लैले ५ हजार ९२६ मत पाए ।