बुटवल पावर कम्पनीको २९औँ साधारण सभा सम्पन्न

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सोमबार सम्पन्न सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ । जसअनुसार सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७७।७८ को लेखा परीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरू, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८।७९ को लेखा […]

सम्बन्धित सामग्री

बुटवल पावरले पुस २९ गते बोलायो साधारण सभा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले पुस २९ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ । कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुृका साथै प्रस्तावित लाभांशलाई पनि अन्तिम स्वीकृति दिनेछ । यस वर्ष कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै प्रतिशेयर १०० रुपैयाँमा १ करोड कित्ता प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिमा सञ्चालकहरूको संख्या ७ कायम गर्ने गरी नियमावली संशोधन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

बुटवल पावर कम्पनीले यस वर्ष नगद लाभांश वितरण गर्ने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मङ्सिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले एक करोड कित्ता एफपीओ कम्पनीका विभिन्न आयोजनाहरुमा लगानी गर्न निष्कासन गर्ने निर्णय पनि गरेको छ ।  प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण  सभा गर्ने भएको छ । सभा कार्की ब्याक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।

बुटवल पावरले वितरण गर्‍यो नगद लाभांश, बैंक खाता अद्यावधिक गराउन आग्रह

फागुन १०, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको कर समेतको १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट यस वर्षका लागि नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर समेत कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने माघ २७ गतेदेखि नै वितरण गर्न शुरु गरेको बताएको छ । यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरुको नगद लाभांश भने वितरण हुन बाँकी रहेकाले यथाशिघ्र गराउन कम्पनीले भनेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ४ अर्बभन्दा बढी रकम सञ्चित रहेको थियो ।

बुटवल पावर कम्पनीको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब

काठमाडौं (नेस) । बुटवल पावर कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ । जस अनुसार सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरू, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षक नियुक्त […]

बुटवल पावरसहित ३ ओटा कम्पनीको साधारण सभा सोमवार हुँदै

पुस २५, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीको साधारण सभा सोमवार हुने भएको छ । बुटवल पावर कम्पनी, एनएमबि लघुवित्त वित्तीय संस्था र रसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् । बुटवल पावर कम्पनीले २९औं वार्षिक साधारण सभा सोमवार कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोज पुस ११ गते देखि २६ गतेसम्म बन्द गरेको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा सोमवार होटल पोखरा ग्राण्ड पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले २१ दशलमव ५० प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गते देखि २६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमवार बिहान ११ बजे सभा स्मार्ट क्याफे धुम्रबाराही, काठमाठौंको हलमा हुने जानकारी गराएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन  तथा थप ऋण लिन स्वीकृती  प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सकोे शेयरमूल्य समायोजन

पुस ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार बुटवल पावर कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे मूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनीको बोनस शेयर तथा समृद्धि फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको हो ।  बुटवल पावर कम्पनीले लाभांश तथा समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३८ दशमलव ७३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बुटवल पावर कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने कम्पनीले निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि आइतवार अर्थात् पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।   त्यस्तै, नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको समायोजनपश्चात मूल्य रू. ३६१ दशमलव ३३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९२ मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीले २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते नेपा धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बुटवल पावरले गर्‍यो २०% लाभांश प्रस्ताव, बुक क्लोजको मितिसमेत तय

मंसिर २९, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा गर्ने मिति समेत तय गरिसकेको छ । मंसिर २८ गतेको सञ्चालक समितिको बैठकलेनै कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।  बुक क्लोजको आधरामा पुस ८ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् । यो पनि हेर्नुस्: विद्युत् विक्री आम्दानी घटेसँगै बुटवल पावर कम्पनीको नाफा ३०.९९% घट्यो २५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको बुटवल पावर कम्पनीको ५ वर्षको लाभांश विवरण :