काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको मङ्सिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले एक करोड कित्ता एफपीओ कम्पनीका विभिन्न आयोजनाहरुमा लगानी गर्न निष्कासन गर्ने निर्णय पनि गरेको छ ।
प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कार्की ब्याक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।