ब्याजदरको प्रभाव धितोपत्र बजारमा : ८ अर्बभन्दा बढीको कारोबार, नेप्से परिसूचक साढे २ प्रतिशत बढीले वृद्धि

काठमाडौं । माघ महीनाको पहिलो कारोबार दिन मंगलवार धितोपत्र दोस्रो बजार २ दशमलव ५७ प्रतिशत बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन नेप्से परिसूचक ५४ दशमलव ५४ अंकले बढेको हो । माघमा अधिकांश बैंकले ब्याजदर घटाएसँगै धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव परेको हो । मंगलवार नेप्से परिसूचक २ हजार १७५ दशमलव १७ विन्दुमा पुगेको छ ।  पुस मसान्त सकिएसँगै धेरैजसो कम्पनीले यस वर्षको वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश पारित गरिसकेको अवस्था छ । यस वर्ष लाभांश नदिने कम्पनीको संख्या पनि धेरै छ । लाभांशको प्रभाव खासै नपरेको धितोपत्र बजारमा ब्याजदरको प्रभाव पर्ने पर्ने गर्दछ । बैंकमा निक्षेपको ब्याजदर घटेसँगै धितोपत्र बजारमा लगानी बढ्ने गरेको ब्रोकरहरू बताउँछन् । यतिबेला पुस मसान्तको कर्जा र ब्याज भुक्तानीको जिम्मेवारी पूरा गरिसकेका लगानीकर्ता थप उत्साहित बनेको ब्रोकरहरूको भनाइ छ । बजारले गतिलाई अघि बढाइरहेको अवस्थामा दीर्घकालिन लगानीलाई जोड दिन सके बजारले थप गति लिने विश्वास समेत ब्रोकरहरूको छ । लगानीकर्ता उत्साहित बनेसँगै मंगलवार ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । उक्त रकम बराबरको २ करोड ३३ लाख ७० हजारभन्दा बढी धितोपत्र कारोबार भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको छ । मङ्सिरदेखि बजारले गति लिन थालेको भएपछि कारोबार रकम मंगलवार उच्च बनेको हो । यस दिन कुल कारोबारमा सर्वाधिक हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको २८ करोड ३१ लाख ५५ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने २ दशमलव ७८ प्रतिशत अर्थात् प्रतिकित्ता १५ रुपैयाँले बढेर प्रतिकित्ता ५५४ रुपैयाँ कायम भएको छ । यो दिन २१४ धितोपत्रको मूल्य बढेको छ भने ३१ धितोपत्रको मूल्य घटेको छ । २० कम्पनीको शेयर मूल्य यो दिन ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । २० कम्पनीमध्ये बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्य भने १० प्रतिशतले बढेको हो । बढेको बजारमा सबै समूहगत परिसूचकसमेत बढेका छन् । यो दिन वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७५ प्रतिशत बढेको छ । त्यस्तै लगानीको ३ दशमलव ७० प्रतिशत, जलविद्युतको ३ दशमलव ५१ प्रतिशत, लघुवित्त ३ दशमलव शून्य २ प्रतिशत, विकास बैंक २ दशमलव ६३ प्रतिशत, अन्य २ दशमलव ६२ प्रतिशत, उत्पादन तथा प्रशोधन २ दशमलव ४९ प्रतिशत, व्यापारिक २ दशमलव १५ प्रतिशत, बैंकिङ २ दशमलव शून्य ३ प्रतिशत, निर्जीवन बीमा १ दशमलव ९२ प्रतिशत, जीवन बीमा १ दशमलव ७८ प्रतिशत, होटल तथा पर्यटन १ दशमलव १६ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ७८ प्रतिशत बढेको छ । मंगलवार धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३४ खर्ब १६ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन यो रकम ३३ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ थियो । एकै दिन धितोपत्र दोस्रो बजारको पूँजीकरण ८५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार […]

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रूपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३३ अंक र सेन्सेटिभ […]

नेप्से परिसूचक २७ अंकले वृद्धि

बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। नेप्से परिसूचक २७.५६ अंकले बढेर दुई हजार ६८.२६ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.४१, फ्लोट इण्डेक्स १.८० र...

नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ...

आज पनि बढ्न सकेन नेप्से परिसूचक

आज मंगलबार नेप्से परिसूचक ४५.५९ अंक ले घटेर २०२०.२३ विन्दुमा पुगेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि उक्लिन सकेन ।

नेप्से परिसूचक  ३३ अंकले घट्यो

पछिल्लो एक साता निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार पनि घटेको छ। नेप्से परिसूचक ३३.७६ अंकले घटेर दुई हजार ७८.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.१८, फ्लोट इण्डेक्स २.१३ र...

नेप्से परिसूचक २६ सय माथि

शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]