बुटवल पावरसहित ३ ओटा कम्पनीको साधारण सभा सोमवार हुँदै

पुस २५, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीको साधारण सभा सोमवार हुने भएको छ । बुटवल पावर कम्पनी, एनएमबि लघुवित्त वित्तीय संस्था र रसुवागढी हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् । बुटवल पावर कम्पनीले २९औं वार्षिक साधारण सभा सोमवार कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोज पुस ११ गते देखि २६ गतेसम्म बन्द गरेको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा सोमवार होटल पोखरा ग्राण्ड पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले २१ दशलमव ५० प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गते देखि २६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमवार बिहान ११ बजे सभा स्मार्ट क्याफे धुम्रबाराही, काठमाठौंको हलमा हुने जानकारी गराएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन  तथा थप ऋण लिन स्वीकृती  प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सम्बन्धित सामग्री

नेपाल जाइका एसोसियसनको साधारण सभा सम्पन्न

नेपाल जाइका एसोसियसन (जान) को ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा यहि फागुन २७ गते एक विशेष कार्यक्रमका बिच सम्पन्न भएको हो।...

पत्रकार महासंघ लुम्बिनीको साधारण सभा पुसमा

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासंघको भालुवाङमा बसेको बैठकले केन्द्रीय परिपत्र अनुसार साधारण सभा पुस २ गर्ने निर्णय गरेको हो ।बैठकले साधारण सभा सम्पन्न गर्न वसन्त गिरीको अध्यक्षतामा मूल तयारी समिति गठन गर्नुका साथै महासचिव विक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन गरेको छ । कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको बैठकले प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरूलाई अधिवेशन सम्पन्

एन्फाको विशेष साधारण सभा सुरु

काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो । यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो । साधारण सभामा निर्वाचनमा केन्द्रित लगायत अन्य बिभिन्न एजेण्डाहरुमा […]

एन्फाको विशेष साधारण सभा दोस्रो पटक स्थगित

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको साधारण सभा दोस्रो पटक स्थगित भएको हो । प्राविधिक कारणवश भोलिका लागि तय भएको साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गएको माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा पनि स्थगित भएको थियो । स्थगित विशेष साधारण सभाको अर्को मिति पछि सूचित गरिने विज्ञप्तिमा उल्लेख छ ।

एन्फाको विशेष साधारण सभा फेरि स्थागित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) विशेष साधारण सभा दोस्रो पटक पनि स्थगित भएको छ । शनिबार विहान ११ः३० बजेका लागि भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारण सभा प्राविधिक कारणवश स्थागित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा […]

एन्फाको साधारण सभा स्थगित

अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रूपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् । रोकिएको साधारण सभा फागुन ८ गते बिहान साढे ११ बजे भर्चुअल रूपमा गर्ने एन्फाले जनाएको छ ।

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

मध्य पुसमा क्यानको साधारण सभा

नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ।

नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिरमा

नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन सम

जनरल इन्स्योरेन्सले फेरि बोलायो साधारण सभा

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले यही असार २१ गतेका लागि तेस्रो साधारण सभा बोलाएको हो। यसअघि कोभिड–१९ का कारण वैशाख २४ गतेलाई बोलाइएको बैठक स्थगित भएको थियो। केन्द्रीय कार्यालयमा असार २१ गते बिहान ११ बजेबाट साधारण सभा सुरु हुने कम्पनीले बताएको छ।