काठमाडौं : सार्वजनिक सेवामा रहँदा साढे ७२ लाख अकुत सम्पत्ति आर्जन गर्ने वन अधिकृतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।मिश्र सेवा प्रवेश गरेको २०३६ सालदेखि २०७० सालसम्मको अवधिमा उनले ७२ लाख ५२ हजार ४८० रूपैयाँ गैरकानूनी रुपमा स