उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता सुरेन्द्र कुमार थापाले अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अहिले निलम्बनमा रहेका सह–न्यायाधीववक्ता थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।२०४५ मा जागिर शुरु गरेका सुरेन्द्र कुमार थापाले ६१ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ । थापा ०७६ सम्म जागिरमा थिए । आयव्ययको चार्ट विश्लेषण गर्दा उनले अ