वन अधिकृतको अकुत सम्पत्ति १ करोड २५ लाखबढी

काठमाडौं । डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाले १ करोड २५ लाखभन्दा बढी अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत कोइरालाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले १ करोड २५ लाख ९६ हजार ३ सय […] The post वन अधिकृतको अकुत सम्पत्ति १ करोड २५ लाखबढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध एक कराेड बढीकाे भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे । अख्तियारले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो […]

भन्सारका नासुविरुद्ध पौने २ करोडको भ्रष्टाचार मुद्दा

भन्सार जाँचपास कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०५६ साउन ५ मा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरी पछिल्लो पटक निलम्वनमा रहेका नासु थापाले  २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानुनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।