आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म

जेठ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । बैंकले लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको मूल्य न्यूनतम रू. ४७७ तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।   

सम्बन्धित सामग्री

छिमेक लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार

चैत ८, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन बुधवारसम्म रहेको छ । उक्त बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ६ लाख ६ हजार १४० कित्ता शेयर फागुन ५ गते देखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक ती दुबै कम्पनीका विद्यमान संस्थापक शेयरधनीले बुधवार कार्यालय समयभित्र बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालमा काठमाडौंमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.५४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण शेयर संख्याको लागि  आवेदन दिन सकिने छ । त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू. ६०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  यस कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण शेयर सख्याको लागि आवेदन दिन सकिने छ। विक्री प्रबन्धकमाा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ ।  बैंकले भदौ २१ गतेदेखि कम्पनीको ३ लाख ५ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदको लागि कम्पनीको न्यूनतम शेयर मूल्य रू. ५४१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन  शुक्रवार

भदौ १७, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन  शुक्रवारसम्म रहेको छ । कम्पनीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८६ हजार ३३९ कित्ता,आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  बोलपत्र पेश गर्दा मेरो माइक्रोफाइनान्सको न्यूनतम शेयरमूल्य प्रतिकित्ता रू. ५७५, आरएमडिसी लघुवित्तको रू. ६०३ र नागरिक लगानी कोषको रू. १ हजार ४१० तोकिएको हुँदा सो वो सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  कम्पनीले ती तीन ओटै कम्पनीको संस्थापक शेयर भदौ ४ गतेदेखि लिलामीमा ल्याएको थियो । मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइने छ ।  त्यसैगरी आरएमडिसी लघुवित्तको शेयर खरीदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिने पाइनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने शुक्रवार अन्तिम दिन

साउन २८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर साउन १९ गतेदेखि लिलामीमार्फत विक्रीमा ल्याएको हो ।  नागरिक लगानी कोषको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२१, आरएमडिसी लघुवित्तको रू. ४७३ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।  यी तीनओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको आवेदन दिन सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तीन ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन  बिहीवार

असार ३०, काठमाडौं । तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।  बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता संस्थापक शेयर,मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्त वित्तीय संस्थाको५३ हजार ७० कित्ता शेयर लिलामीमा ल्याएको हो ।  उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य  प्रतिकित्ता रू.४७३,महुलीको रू.७५२ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । ती तीन ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

५ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार

असार २०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार बैकिङ समयसम्म रहेको छ । उक्त कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स,मुहली लघुवित्त वित्तीय संस्था, नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो । कम्पनीले आरएमडिसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता,मेरो माइक्रोफाइनान्सको ५८ हजार ५६८, महुली लघुवित्तको ५५ हजार ७० कित्ता,नेशनल लाईफ इन्स्योरेन्सको २९ हजार ९९६ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४४१, मेरो माइक्रोफाइनान्सको रू. ५३१,महुली लघुवित्तको रू. ७३०, नागरिक लगानी कोषको रू. १ हजार २०० र नेशनल लाईफ इन्स्योरेन्सको रू. ४१० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  ती पाँच ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले बताएको छ ।विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

असार १६, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन  बिहीवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले असार ३ गते देखि ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले शेयरको न्यूनतम मूल्य रू. ८५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सख्याको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ । असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

४ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन भोलिसम्म

असार १०, काठमाडौं ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवारसम्म रहेको छ । कम्पनीले नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको हो ।  नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७० कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर लिलामी हुने छ । नेशनल माइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४४४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  त्यसैगरी महुली लघुवित्तको शेयर न्यूनतम मूल्य रू. ७८६, आरएमडिसीको रू. ४७७ र मेरो माइक्रोफाइनान्सको रू. ५७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।   आवेदकले बोलपत्र पेश गर्दा महुली लघुवित्तको न्यूनतम ५०० कित्ता लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम शेयर संख्याको लागि हद नलाग्ने कम्पनीले बताएको छ ।  त्यसैगरी मेरो माइक्रोफाइनान्स,महुली लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । ती चार ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।