६ ओटा कम्पनीको कुल १० लाख ८८ हजारभन्दा बढी शेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?

चैत ६, काठमाडौं । छ ओटा अलग - अलग कम्पनीको कुल १० लाख ८८ हजार ७०३ कित्ता शेयर लिलामीमा रहेको छ ।  छिमेक लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, महुली लघुवित्त  वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयर लिलामीमा विक्री खुला भएको हो । ती कम्पनीमध्ये छ्याङदी हाइड्रोपावरको सर्वसाधारण शेयर लिलामीमा ल्याएको हो भने नारायणी डेभलपमेन्ट बैंकले सर्वसाधारण तथा संस्थापक दुबै शेयर लिलामीमार्फत विक्रीका लागि ल्याएको हो । बाँकी चार ओटा कम्पनीले संस्थापक शेयर लिलामीमा ल्याएका हुन् । छ्याङदी हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर चैत १ गतेदेखि लिलामीमा ल्याएको हो । यस लिलामी शेयरमा आवेदकले चैत ९ गतेसम्म आवेदनदिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् । उक्त शेयरमा आवेदकले न्यूनतम १०० कित्ताकालागि आवेदन दिन पाउनेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  त्यसैगरी बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको छिमेक लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता शेयर फागुन ५ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । यस शेयरमा आवेदकले चैत ९ गतेसम्म आवेदन सक्नेछन् । शेयरमूल्य प्रतिकित्ता रू. ६०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्यमा बोलकबोल गरी विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । यस शेयर खरीदकालागि बोलकबोल गर्दा आवेदकले न्यूनतम २ हजार कित्ताकालागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।  त्यसैगरी कम्पनीले आरएमडिसी  लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक शेयर फागुन ५ गतेदेखि लिलामीमा ल्याएको छ । यस शेयरको मूल्य न्यूनतम रू.५४० तोकिएको सो वा सोभन्दा बढी मूल्यअंकित गरी संस्थापक शेयरधनीहरुले चैत ९ गते सम्म आवेदनदिन सक्नेछन् । शेयर खरीदकालागि आवेदन गर्दा आवेदकले न्यूनतम २ हजार कित्ताकालागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताकालागि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।  त्यसैगरी कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७कित्ता शेयर फागुन ३० गतेदेखि लिलामीमा ल्याएको छ । यस शेयरको मूल्यप्रतिकित्ता रू. २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी चैत १४ गतेसम्म संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताकालािग आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताकालागि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।  त्यसैगरी महुली लघुवित्तले ५ हजार कित्ता संस्थापक शेयर फागुन २३ गतेदेखि लिलामीमा ल्याएको छ । शेयरको  न्यूनतम मूल्य प्रतिकित्ता रू.६५० ताकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म,कम्पनी तथा संगठित संस्थाहरुले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  स्रोत : कम्पनीले प्रकाशित गरेको सूचनामा आधारित  

सम्बन्धित सामग्री

फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कले मर्चेन्टको संख्या १० लाख बढी पुर्‍याउने सफल भएको हो ।  यो उपलब्धिसँगै फोनपे नेपालको सबैभन्दा ठूलो पेमेन्ट नेटवर्क बन्न सफल भएको कम्पनीले जनाएको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो, जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ...

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

धर्मश्री विजेतालाई १० लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको जानकारी गराए । यसअघिको संस्करणको विजेताले ५ लाख […]

युक्रेनबाट १० लाख शरणार्थी पलायन

काठमाडौँ- युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो । आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन […]

महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने

१० फागुन, काठमाडौं। यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस्तै यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव […]

अनुदानमा चीनबाट १० लाख सिरिन्ज आउँदै

चीन सरकारले अनुदानमा दिएको १० लाख सिरिन्ज तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । चीन अनुदानमा दिने २० लाख सिरिन्जमध्ये १० लाख सीमा नाका हुँदै प्रवेश गरे पनि अझै १० लाख आउन बाँकी छ ।करिब साढे २ करोड सिरिन्ज आउने चरणमा रहको रहेको समेत आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत बडेबाबु थापाले बताए । कोरोनाविरुद्धको खोप लगाउन प्रयोग गरिने सिरिन्ज ४६ लाख ८४ हजार स्टक रहेको छ । सरकारले २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । यस्तै कोभ्य

आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप

काठमाडौं । सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ […]

भारतबाट १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप ल्याउँदै

काठमाडौँ । भारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आइपुग्दै छ । गत फागुनमा खरिद गरिएको १० लाख मात्रा खोप ६ महिनापछि शनिबारसम्म नेपाल ल्याउन लागिएको हो । भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ। नेपालले भारतसँग प्रति मात्र चार डलरका दरले २० लाख मात्रा […]

एउटै गाडी मर्मतमा साढे १० लाख खर्च!

धनगढी : कैलालीको चुरे गाउँपालिकासँग एक मात्र चारपाङ्ग्रे सवारी साधन छ। तर गत आर्थिक वर्षमा गाउँपालिकाले सवारी मर्मत शिर्षकमा १० लाख ५६ हजार २ सय २२ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले देखाएको छ।प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ मा अभिलेख अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। तर सवारी मर्मतमा साढे १० लाख बढी खर्चेको गाउँपालिकाले कुनै अभिलेख भने राखेको छैन। त्यसपछि एक सवारीमा एक वर्षमा मात्रै साढे १० लाख खर्च भएको भन्दै प्रश्न गरिएको छ। तर गाउँपालिकाका प्रशासन शाखा प्

गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।