“साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।” गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ, “जवान मिर्गाैलाले बढी काम गरौँ भन्छ । उसले बढी पानी खा, व्यायाम गर् भन्छ । म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु । यसमा सक्रिय रहँदा मलाई एक प्रकारको व्यायाम मिलको छ ।”