मलंगवामा आजदेखि राती ८ बजेबाट बिहान ४ बजेसम्म कफ्यू

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि लगाइएको कफ्यू आदेश परिमार्जन भएको छ । कफ्यू लागेको चौथो दिनमा अवस्था सहज भएपछि दिनको कफ्यू आदेश निष्कृय गरी राती ८ बजे देखी विहान ४ बजे सम्म कफ्यु आदेश […] The post मलंगवामा आजदेखि राती ८ बजेबाट बिहान ४ बजेसम्म कफ्यू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मलंगवामा आजदेखि राती ८ बजेबाट बिहान ४ बजेसम्म कफ्यू : RajdhaniDaily.com

RajdhaniDaily.com | सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा -

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आज

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय ८७ जनाले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार राती […]

सुर्खेतमा भदौ ७ गतेसम्म थपियो निषेधाज्ञा

सुर्खेत जिल्लामा यथास्थितिमा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आजदेखि भदौ ७ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको जनाएको हो। कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिए । उनका अनुसार औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प दैनिक २४ सै घण्टा खुल्ला हुनेछन् भने खाद्यान्न लगायत अन्य पसलहरू बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न दिइनेछ।यस्तै सबै तहका प

रोल्पामा पनि आजदेखि निषेधाज्ञा जारी

वैशाख २२, रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा पनि आज (बुधवार) देखि दुई साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधवार बिहान ६ बजेदेखी आगामी जेठ ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सरकारले पहाडी जिल्लामा २०० जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको भएपनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । रोल्पामा हालसम्म १०५ जना सक्रिय संक्रमित रहेका छन् । विशेष गरी गंगादेव, त्रिवेणी र रुन्टिगढी गाउँपालिकामा बढी संक्रमण फैलिएको र दोस्रो लहरमा मात्रै जिल्लामा ५ जनाको मृत्यु समेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।  छिमेकी जिल्लाहरु दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।

आजदेखि मौसम सुधार हुने

मौसम पूवार्नुमान महाशाखाले बिहीबारदेखि घाम लाग्ने हुनाले तापक्रम बढ्ने जनाएको छ । साथै तराईमा करिब डेढ महिनादेखि लागेको बाक्लो हुस्सु तापक्रम बढेस“गै हराउनेछ। महाशाखाका मौसमविद् राजु प्रधानांगले मंगलबार सा“झदेखिको मौसम प्रणाली बुधबार सा“झसम्म पूर्वबाट बाहिरिएको जानकारी दिए । ‘हिजो राती पश्चिम नेपालबाट भित्रिएको पश्चिमी वायु पूर्वबाट निस्किने क्रममा छ’, उनले बुधबार साँझ नागरिकसँग भने, ‘भोलीदेखि घाम लाग्छ ।’ उनका अनुसार बिहीबार बिहान न्यूनतम तापक्रम घट्ने र अधिकतम तापक्रम बढ्नेछ । ‘शुक्रबारदेखि दुवै तापक्रम बढ्छ’, उनले भने । बुधबार राजधानीको न्यूनतम तापक्रम ७.३ र अधिकतम तापक्रम १२ डिग्री सेल्सियसको हाराहारीमा छ।