३ पुस, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाएको लिखित जवाफमा प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग पनि निष्क्रिय हुने दावी गरेका छन् । २० मंसिरमा महासचिव गौतमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएका थिए । त्यसविरुद्ध परेको रिटमा सुनुवाइ सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र […]