आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

काठमाडौं : भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ।  भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ। दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो। भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन

सम्बन्धित सामग्री

श्रीलंकाले चीनसँग गर्‍यो ४.२ बिलियन डलर ऋणको पुनःसंरचना गर्न सम्झौता

कोलम्बो (श्रीलंका) । श्रीलंकाले चीनसँग ४.२ बिलियन डलर ऋणको पुनःसंरचना गर्न सम्झौता गरेको बताएको छ ।  दशककै खराब वित्तीय संकट भोगिरहेको श्रीलंका सन् २०२२ मे मा विदेशी ऋणका कारण डिफल्टमा गएको थियो । बढ्दो मूल्य र अत्यावश्यक वस्तुको अभावले गत वर्ष त्यहाँ देशव्यापी विरोध प्रदर्शन भएको थियो ।  ‘हाम्रो देशको ऋण अवस्था समाधान गर्न सहयोग गरेकोमा हामी चाइना एक्जिम बैंक (निर्यात र आयात बैंक)लाई धन्यवाद दिन्छौं,’ श्रीलंकाको अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता श्रीलंकाको आर्थिक रिकभरीलाई बढावा दिनको लागि जारी प्रयासहरूमा एक कोसेढुंगा हुनेछ ।’  मन्त्रालयले सम्झौताका सर्तहरूबारे थप विवरण दिएको छैन ।  श्रीलंकाको कुल विदेशी ऋण ४६.९ बिलियन डलर छ, जसमा ५२% हिस्सा चीनको छ । आफ्ना सबै ऋणदाताहरूसँग सम्झौता गर्न सके श्रीलंकाले बेलआउट कार्यक्रमबाट ३ बिलियन डलर रकम पाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमति मिल्नेछ ।  श्रीलंकाले आइएमएफबाट पाउने ३३० मिलियनको किस्ता पछिल्लो महीनादेखि रोकिएको छ ।  श्रीलंकाका ऋणदाता देशहरू जापान, भारत र फ्रान्सले भने आफूहरूलाई एक्जिम सम्झौताको बारेमा जानकारी नभएको बताएका छन् । ती देशहरूले पुनःसंरचनाको छलफलमा चीनले जस्तै सर्तहरू दिन आग्रह गरेका छन् । चीन यस्ता प्रकारका सम्झौता गोप्य राख्नका लागि परिचित छ ।  श्रीलंकाले भने आफ्ना सबै ऋणदाताहरूलाई समानरूपमा व्यवहार गरिने बताएको छ । र, उसले ऋणदाताहरूलाई बाँकी ऋणमध्ये ३० प्रतिशत घटाउन अनुरोध गरेको छ ।

देशमा बाँदर आतंक बढ्यो, चीन निकासी गरियोस्ः रामहरि खतिवडा

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कि बाँदर निकासी गर्न कि मार्ने अनुमति दिन आग्रह गरेका हुन्।‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ।हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस्।कि मार्ने अनुमति दिइयोस् ।’उनले भने।

चीनले अमेरिकालाई भन्यो, ‛ताइवानसँग हतियार कारोबार बन्द गर’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन […]

हिमाल आरोहीबाट यो वर्ष कति आम्दानी होला ?

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले तिरेको सलामी (रोयल्टी) बाट सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सरदार, क्ल्याम्बिङ शेर्पा, रूट गाइड, आइसफल डाक्टर, हाई एल्टिच्युड शेर्पा, कुक, किचन ब्वाई, चौरी–नाक–याक धनी, भरिया र अन्य कामदारहरूले पनि सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीबाट राम्रो आम्दानी  गरेका थिए । सबै हिमालबाट सरकारले विभिन्न देशका पर्वतारोहीबाट सलामी (रोयल्टी) दस्तुरबापत ७१ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । कोरोना महामारीकै बीच विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूबाट यति राजस्व प्राप्त गर्नु चानचुने कुरो पक्कै होइन । तर, यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट गतवर्षको सिजनमा जस्तो नेपाल सरकार एवम् नेपाली पर्यटन व्यवसायीहरूलाई आम्दानी  नहुने देखिन्छ । गएको वैशाख ४ गतेसम्म विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले मात्रै नेपालमा रहेको विभिन्न हिमाल आरोहण गर्नका लागि अनुमति लिएका छन् । चैत २३ सम्ममा यो सिजनमा नेपालमा रहेको विश्वकै अग्लो (८ हजार ८ सय ४८.८६ मीटर ) सगरमाथा अर्थात् चोमोलुङमा हिमाल आरोहणका लागि विभिन्न देशका ३२ आरोहण दलका २६२ जना पर्वतारोहीले अनुमति लिइसकेका छन् । ती ३२ पर्वतारोहण दलका ११७ जना पर्वतारोहीमध्ये १८ जना पर्वतारोही त रूसका मात्रै रहेका छन् । रूस–युक्रेन युद्घ शुरू भएपछि युक्रेन सरकारले औपचारिक रूपमै अनुरोध गरेर रूसका पर्वतारोहीहरूलाई प्रतिबन्ध लगाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, सरकारले युक्रेन सरकारको उक्त आग्रहलाई स्वीकार गरेन । रूसका पर्वतारोहण दललाई नेपाल सरकारले सगरमाथालगायत केही हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ । रूस–युक्रेन युद्घ शुरू हुँदा ताका नै नेपालले रूसको विरुद्घमा मत जाहेर गरेको थियो । जे भए तापनि विभिन्न देशका पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आउने क्रम जारी रहेको छ । यो क्रम सम्भवत: अप्रिलको तेस्रो हप्तासम्म जारी रहनेछ । हरेक वर्षको अप्रिल महीनाको अन्तिमदेखि मे महीनाको अन्तिम–जुन महीनाको पहिलो हप्तासम्म मात्रै नेपालका हिमाल आरोहण गर्न सकिन्छ । त्यसपछि नेपालमा रहेका प्राय: सबै हिमालमा हिउँ पग्लने क्रम शुरू हुन्छ । त्यसैले नेपालमा जुन महीना लागेपछि प्राय: सबै हिमाल आरोहण गर्न बन्द हुन्छ । त्यसपछि नेपालमा हिमाल आरोहण असम्भव जस्तै हुन्छ । विभिन्न देशका ९१ ओटा पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । त्यसमा सगरमाथासहित नेपालका अन्य २२ ओटा हिमाल रहेका छन् । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्वतारोही अमेरिकाबाट आएका छन् ।  अमेरिकाबाट मात्रै ११७ जना पर्वतारोही विश्वकै अग्लो हिमाल सगरमाथासहित नेपालमा रहेका अन्य हिमाल आरोहण गर्न नेपाल आइसकेका छन् । ४२ जना अमेरिकी पर्वतारोही त सगरमाथा आरोहण गर्न मात्रै आएका छन् । यो सिजनमा अमेरिकी पर्र्वतारोहीहरू अरू थपिने सम्भावना पनि रहेको छ । गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा समुद्री आँधी र भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको अर्को समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसको फलस्वरूप हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउपातका कारण धेरै दिनसम्म पर्वतारोहण कार्य नै रोकियो । फलत: गएको सिजनमा आधाभन्दा पनि कम पर्वतारोहीहरूले मात्रै सगरमाथालगायत अन्य हिमालमाथि विजय प्राप्त गर्न सकेका थिए । विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमाल एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व पैmलिनु र ती १४ ओटा हिमालमध्ये ८ ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीका लागि सौभाग्य भएको छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा चीन–नेपाल सीमामा अवस्थित ८ हजार १३ मीटर अग्लोसम्म रहेका छन् । त्यसमाथि गएको वर्ष विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर कायम भएको छ भने, त्यसअघि सगरमाथा अर्थात् चोमोलुङमाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको थियो । आशा गरौं, नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले पर्वतारोहणबाट यसवर्ष राम्रो कमाइ गर्न सक्ने देखिन्छ । जति पनि विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्, सकेसम्म उनीहरू सबैले सफलता पाऊन्, गतवर्ष जस्तोे पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा आएका आँधीका कारण नेपालको पर्वतारोहणमा नराम्रोसँग असर पर्‍यो, यो वर्ष त्यस्तो नहोस् । केवल हाम्रो देशमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीलाई मात्रै नभएर हामी सबैलाई हिमालकी देवीले खुशीका साथ सफलताका लागि आशीर्वाद दिऊन् । यसरी हिमाल आरोहणमा आएका पर्यटकबाट सरकारले यस वर्ष ३९ करोड ५२ लाखभन्दा बढी रुपैयाँ राजस्व प्राप्त गरेको छ । आशा गरौं, हिमाल आरोहणमा आउने पर्यटकको संख्या बढ्दै जाओस् । तर, के बिर्सनु हुँदैन भने सगरमाथा आरोहण गर्नेहरूको भीड जाममा परेको तस्वीर विश्व सञ्चारमाध्यममा जाँदा यसले हिमाल आरोहणमा आउने आरोहीहरूमाझ नकारात्मक सन्देश जान सक्छ । त्यसैले कति आरोहीलाई अनुमति दिने र राजस्व कति लिने भन्नेमा विशेष ध्यान जानु आवश्यक छ । लेखक पर्यटनकर्मी हुन् ।

हिमालय एयरलाइन्सको साउदी अरेबिया उडान नियमित

काठमाडौं (अस) । साउदी सिभिल एभियसनबाट उडान अनुमति पाउन नपाउँदा हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरी २०२२ सम्म दमाम र रियादका उडान बन्द गरेको थियो । साउदी सिभिल एभियसनले उडान अनुमति दिएपछि  उल्लिखित क्षेत्रका लागि नियमित उडान १३ फेब्रुअरी २०२२ देखि सुरु गरिएको कम्पनीले बताएको छ । ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवास व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण गरिएको कम्पनीको भनाइ छ । यसबाहेक १० फेब्रुअरी २०२२ पछि यी क्षेत्रका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न आफ्ना सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौं । साउदी सिभिल एभियसनसँग समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौं ।’ नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

आफ्ना नागरिकलाई चीन भ्रमणको अनुमति दिन भारतको आग्रह

काठमाडौँ । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ। भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ। दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार […]

चीनमा भारतीय नागरिकलाई भ्रमणका लागि अनुमित दिन आग्रह

भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ ।  भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।  भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको म

भारतीय नागरिकलाई भ्रमण गर्न दिन भारतको चीनसँग आग्रह

नयाँदिल्ली / भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत